• १२ मंसिर २०८१, बुधबार

जोर्डन, पोर्चुगल र स्लोभेनियाद्वारा गाजामा पर्याप्त सहयोग पुर्‍याउन आह्वान

blog

काठमाडौं, मङ्सिर १० गते । जोर्डन, पोर्चुगल र स्लोभेनियाका विदेश मन्त्रीहरूले गाजा पट्टीमा पर्याप्त र अत्यावश्यक मानवीय सहायता पुर्‍याउन संयुक्त रूपमा आह्वान गरेका छन् ।

प्यालेस्टाइनको तटीय क्षेत्रमा जारी इजरायल–हमास द्वन्द्व रोक्न उपायहरूबारे छलफल गर्न जोर्डनको राजधानी अम्मानमा भएको त्रिपक्षीय बैठकमा उक्त टिप्पणी गरिएको हो । बैठकमा जोर्डनका विदेशमन्त्री अयमान सफादी, पोर्चुगलका विदेशमन्त्री जोआओ क्रभिन्हो र स्लोभेनियाली विदेशमन्त्री तान्जा फाजोन सहभागी हुनुहुन्थ्यो ।

मन्त्रीहरूले मानवीय प्रकोप र गाजाको पीडाको अन्त्य गर्न, नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न र मानवीय र अन्तर्राष्ट्रिय कानुनहरूको पालना गर्न प्रयास गर्न आह्वान गरे । सफादीले इजरायल र हमासबीच शुक्रबारदेखि लागू भएको चार दिने मानवीय युद्धविराम सही भएको र यसले तत्काल द्वन्द्वको अन्त्य गर्न आह्वान गर्नुभयो ।

स्लोभेनियाली मन्त्रीले यस क्षेत्रमा सुरक्षा, स्थायित्व र शान्ति ल्याउन जोर्डनको महत्त्वपूर्ण र रणनीतिक भूमिकालाई जोड दिँदै आफ्नो देशले वेस्ट बैङ्कको घटनाक्रमको बारेमा जोर्डन र बाँकी विश्वको चासो रहेको बताउनु भयो ।

पोर्चुगल अधिकारीले इजरायल–हमास द्वन्द्व रोक्न संयुक्त राष्ट्र सङ्घमा भूमिका खेलेकोमा जोर्डनलाई धन्यवाद दिए । गाजाको विस्थापनलाई अस्वीकार गर्दै, क्राभिन्होले यस क्षेत्रमा द्वन्द्व समाधान गर्ने एक मात्र तरिका कूटनीतिक र राजनीतिक समाधान भएको बताउँदै युद्धविराम विस्तार गर्नुपर्ने आवश्यकतालाई जोड दिनुभयो ।

फोरमले इजरायल–हमास द्वन्द्व रोक्न र यसका गम्भीर परिणामहरूबारे छलफल गर्ने उपायहरूमा ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल