राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताको पक्षमा काम गर्दै गए सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने बताउनुभएको छ ।
भ्रष्टाचारविरुद्ध देशका विभिन्न ठाउँमा युवाहरूले प्रदर्शन गरिरहेका बेला रुपन्देहीको तिलोत्तमामा पनि भ्रष्टाचारविरुद्ध शनिबार युवाहरूले प्रदर्शन गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले किशोरकिशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका कृषिविज्ञ मदन राईसँग पार्टीको कुनै किसिमको सम्बन्ध नभएको जनाएको छ ।
चालु आवको नौ महिनामा छ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता पाँच लाख ४८ हजार छ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी कुल छ लाख दुई हजार एक सय ५३ जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ ।
सडक किनाराको पर्खाल (रिटेनिङ वाल) बलियो र गुणस्तरीय बनाउन माग गर्दै एक युवाले १ लाख ३२ हजार भोल्टको विद्युत प्रसारण लाइनको पोलमा चढेका छन् । युवाको उद्धार गर्न सुरक्षाकर्मी लागे पनि सफल भएका छैनन् ।
यमनको मारिब प्रान्तमा हुथी मिलिसियाले गरेको ड्रोन हमलामा कम्तीमा तीन यमनी सरकारी सैनिकको मृत्यु भएको । सरकारी अधिकारीले शुक्रबार सिन्ह्वालाई यसबारे पुष्टि गरेका हुन् ।
दार्चुलामा बेवारिसे पुरुषको शव फेला परेको छ । शनिबार बिहान साढे ८ बजेको समयमा महाकाली नगरपालिका –५ नमस्कारस्थित महाकाली नदीको बीच भागमा ढुङ्गामा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको हो ।
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा चारवटा भाले र दुईवटा पोथी गरी जम्मा छ वटा बाघ राखिएको छ ।
राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोर बेनी–जोमसोम कोरला सडकअन्तर्गत म्याग्दीको बेगखोलामा निर्माणाधीन मोटरेबल पुल ठेक्का सम्झौता अगावै निर्माण सम्पन्न गर्नेगरी तीव्र पारिएको छ ।
श्वेत अमेरिकी मरीन वेटर डेनियल पेनीले स्थानीय सबवे ट्रेनमा घरबारविहीन अश्वेत व्यक्ति जोर्डन नीलीलाई घाँटी थिचेर मरणासन्न पारी शुक्रबार बिहान न्यूयोर्क प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
मुक्त कमैया, कमलहरी तथा हलिया, हरवाचरवाले सरकारसँग पुनः स्थापनाको माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ती समुदायका प्रतिनिधिले सिंहदरबारमा ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् ।
सबै आफन्त र छरछिमेक तथा साथीभाइहरू भुटानी शरणार्थी शिविरबाट अमेरिका पुगिसके । तर भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहनु भएका ५४ वर्षीय नन्दलाल तामाङ र उहाँको परिवार भने अनिश्चित भविष्य रहेको भन्दै चिन्तामा रहेको पाइएको छ ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।