दार्चुलामा बेवारिसे पुरुषको शव फेला परेको छ । शनिबार बिहान साढे ८ बजेको समयमा महाकाली नगरपालिका –५ नमस्कारस्थित महाकाली नदीको बीच भागमा ढुङ्गामा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको हो ।
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा चारवटा भाले र दुईवटा पोथी गरी जम्मा छ वटा बाघ राखिएको छ ।
राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोर बेनी–जोमसोम कोरला सडकअन्तर्गत म्याग्दीको बेगखोलामा निर्माणाधीन मोटरेबल पुल ठेक्का सम्झौता अगावै निर्माण सम्पन्न गर्नेगरी तीव्र पारिएको छ ।
श्वेत अमेरिकी मरीन वेटर डेनियल पेनीले स्थानीय सबवे ट्रेनमा घरबारविहीन अश्वेत व्यक्ति जोर्डन नीलीलाई घाँटी थिचेर मरणासन्न पारी शुक्रबार बिहान न्यूयोर्क प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
मुक्त कमैया, कमलहरी तथा हलिया, हरवाचरवाले सरकारसँग पुनः स्थापनाको माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ती समुदायका प्रतिनिधिले सिंहदरबारमा ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् ।
सबै आफन्त र छरछिमेक तथा साथीभाइहरू भुटानी शरणार्थी शिविरबाट अमेरिका पुगिसके । तर भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहनु भएका ५४ वर्षीय नन्दलाल तामाङ र उहाँको परिवार भने अनिश्चित भविष्य रहेको भन्दै चिन्तामा रहेको पाइएको छ ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कर्णाली कोरिडोरको खुलालु सल्ली सल्ला सडक खण्ड एक हप्ताका लागि बन्द भएको छ । कालिकोट जिल्लाको खुलालु स्थित कर्णाली नदी पारीको पक्की पुलको बायाँ तर्फको सडक सुधारका लागि एक हप्ताका लागि कोरिडोर बन्द गरिएको हो ।
ऊ घरभित्र आफ्ना बाआमालाई सम्झाउँदै थियो । बाहिरबाट होहल्ला गरेको सुनियो । उसले मनमनै सोच्यो, “अब छिमेकीलाई पनि सम्झाउनुपर्ने होला ।” उसले झ्यालबाट बाहिर चियायो । मूलगेट बाहिर छिमेकीको भिड जम्मा भइसकेको थियो । कसैले भनेको सुनियो, ‘हाम्रो टोलछिमेकमा यस्तो चाहिँ हुन्न दिन्नौँ है ।’ के हुन दिन्नौँ भनेको हो, त्यो बु
सहरहरू एकतमासका पट्यारलाग्दा हुन्छन् त्यहाँ न कोइली बास्छे न जुरेली नाच्छे न उन्यु फुल्छ
नबुझेको, नजानेको अहिले पनि लाग्दैन, बुझेको हैसियत रहेन कुनै सबुत प्रमाण छैन आफ्नो छाती चिर्नु बाहेक !
वर्तमान यति सङ्कुचित हुँदै छ कि मान्छेलाई जीवनयापन गर्न सहज छैन । दैनन्दिन जीवनका लागि लामो दौड गर्नुपर्ने अवस्था छ । अतः लामो कथा या उपन्यास पढेर बस्ने फुर्सद कसैलाई छैन । त्यसैले केही दशकयता छोटा कथा अर्थात् लघुकथाको लोकप्रियता बढ्दो छ । यसै सन्दर्भमा ललिता ‘दोषी’को लघुकथा सङ्ग्रह ‘महान् कविज्यू’ प्रकाशित भएको छ । मानवीय कुण्ठा, पीडा, विसङ्गति र जर्जर मानसिकता बोकेर बाँचेका पात्रहरू यस लघुकथाका प्रतिनिधि पात्र हुन् । लघुकथाभित्र काव्यात्मक प्रस्तुति दिएर साहित्यिक अन्तर्विधालाई समेट्ने कोसिस पनि उहाँले गर्नुभएको छ । यो प्रयोग गर्ने थोरै व्यक्तित्वमा उहाँ पनि पर्नु हुन्छ ।
नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।