नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले भन्नुभयो, “गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन ।”
पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिरहा र धनुषाको सिमाना भएर बग्ने कमला नदीको संरक्षणका लागि थालिएको अभियानलाई केन्द्र सरकारले सुन्नुपर्ने बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा कोरोना महामारीबाट पहिलो मृत्यु भएकी सावित्री तिमल्सिना चालिसेका छोरालाई निःशुल्क पढाइदिने हुनुभएको छ ।
जिल्लाको भौतिक विकास निर्माणको जिम्मेवारी लिएको सरकारी निकायमा काम गर्ने इन्जिनियर नहुँदा विकास निर्माणको काम प्रभावित भएको हो ।
वेस्ट बैंकमा इजरायली सैनिकसँगको झडपमा कम्तिमा सात जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।
रिव्दीकोट र रैनादेवी छहरा गाउँपालिकाले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित परिवारलाई रकम सहयोग गर्ने भएको छ ।
मेडागास्करका वर्तमान राष्ट्रपति एण्ड्री राजोएलिना राष्ट्रपति चुनावमा विजयी हुनुभएको छ । माडागास्करका वर्तमान राष्ट्रपति एण्ड्री राजोएलिनाले ५० प्रतिशतभन्दा बढी मत ल्याएर राष्ट्रपतिको चुनाव जित्नुभएको हो ।
जलजला गाउँपालिकाको माविस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि विद्याज्योती मा.वि.ले जित हात पारेको छ ।
काठमाडौँको बबरमहलमा पैदल यात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ ।
गुल्मीको मदाने गाउँपालिका–६ की सुस्मिता घर्तीलाई बाजा बजाउन भ्याइनभ्याई छ । नौमती बाजा बजाउनेमध्ये एक उहाँ समूहमा बाजा बजाउँदै हिँड्नुहुन्छ ।
प्रतिनिधिसभा सदस्य एवम् नेपाली काँग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले नेपालमा समय अनुसार काम गर्न नसकिएको बताउनुभएको छ । तम्घासमा भएको नेपाली काँग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको बन्द सत्र सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म चार सय ३८ उजुरी फर्छ्याेट गरेको छ ।
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भनी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार रोल्पा गङ्गादेव गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौँ गंगबुमा बस्ने ३९ वर्षीय निमराज डाँगीलाई प्रहरीले पक्राउ गरेको छ ।
दोलखाको बिगु गाउँपालिका १ लामा बगरको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा करिब चार अर्बको बिजुली बिक्री गरेको छ ।
रुकुम पश्चिममा भूकम्पको कारण मृत्यु भएकाका सबै परिवारलाई आर्थिक सहायता (राहत रकम) उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालयले मृतकका परिवारलाई दुई लाखको दरले राहत उपलब्ध गराएको हो ।