प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले औपचारिक, वैदेशिक रोजगार तथा स्वरोजगार र अनौपचारिक क्षेत्रमा कार्यरत सबै श्रमिकलाई कोषको योजनामा क्रमशः आबद्ध गर्ने योजनासहित अगाडि बढेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “कोषमा हालसम्म आबद्धता भएको सङ्ख्या सन्तोषजनक छैन । त्यसैले यसको प्रभावकारी कार्यान्वयनमा सरकारका तर्फबाट निरन्तर जोड रहिरहन्छ ।” छैटौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक सुरक्षा योजनामा सबै क्षेत्रका श्रमिक आबद्धता गराउने बताउनुभएको हो ।
कोशी कोरिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजना अन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले समुद्री सतहबाट दुई हजार ४५० मि. उचाइमा निर्माण गरेको २२०/१३२/३३ केभी क्षमताको वसन्तपुर सबस्टेसन आइतबार चार्ज गरी सञ्चालनमा ल्याएको छ । आयोजना अन्तर्गत नै सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेसन गत वर्षको साउनबाटै सञ्चालित छन् । सबस्टेसनहरू निर्माणका लागि भारतीय कम्पनी एल एन्ड टीसँग २०७५ असारमा दुई करोड ६१ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो ।
स्थानीय बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य बढेर प्रतितोला एक लाख १७ हजार चार सय रुपियाँ नाघेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार प्रतितोला एक लाख १६ हजार नौ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा पाँच सय रुपियाँ बढेर एक लाख १७ हजार चार सय रुपियाँमा कारोबार भएको हो । मङ्सिर महिनामा विवाहको लगनको सिजनको भए पनि सुनको कारोबार भने बढ्न नसकेको व्यवसायीको भनाइ छ । त्यसमा सुनको मूल्य उच्च हुनु पनि कारक तत्व बनेको छ । सुनको मूल्य उच्च हुँदा माग बढ्न सकेको देखिँदैन ।
आर्थिक मन्दीले निर्माण कार्य ठप्प भएपछि सबैभन्दा धेरै मारमा परेको क्षेत्र हो हेभी ईक्युपमेन्ट अर्थात् ठुला आकारमा काम गर्ने उपकरण । त्यस्ता हेभी ईक्युपमेन्ट सञ्चालन गर्ने व्यवसायीको साझा संस्था काभ्रे हेभी इकयुपमेन्ट व्यवसायी सङ्घको चौथो साधारण सभामा व्यवसायीले आफ्नो क्षेत्रमा परेको समस्या र त्यसलाई समाधान कसरी गर्न सकिन्छ भनेर खुलेर छलफल गरेका छन् ।
भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
एक सम्मानित थाई पारा एथलिटले आफ्नो विवाहको रिसेप्सनमा आफ्नी दुलही र अन्य चारजनाको हत्या गर्नुअघि आफैँलाई बन्दुकले उडाएको प्रहरीले सोमबार बताएको छ ।
रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवर्धन महोत्सव पाँच दिन थप गरिएको छ ।
बङ्गलादेशको ढाकामा हुने महिला कबड्डी लिगमा नेपालका चार खेलाडीले खेल्ने भएका छन् । चारैले मेघना कबड्डी क्लबबाट खेल्ने अवसर पाएका हुन् ।
सङ्घीय व्यवस्थामाथि हाम्रै सांसद कारण खतरा देखा परेको सभा सदस्यहरूले बताउनुभएको छ । ‘‘हामी प्रदेश सांसदहरूले बितेको एक वर्ष कार्यकालमा जनअपेक्षा अनुरूप कुन कुन कार्य गर्यो, त्यसको आफै मूल्याङ्कन गर्नुस् सभासदस्यहरुले भन्नुभयो, जनताको इच्छाअनुसार काम भएको छैन । व्याप्त निराश छ ।’’
पर्साको ठोरी गाउँपालिकामा नातिको कुटाइबाट ८२ वर्षीय वृद्ध हजुरबुबाको मृत्यु भएको छ । पर्साको ठोरी गाउँपालिका वडा नम्बर २ गौतम नगरका ३६ वर्षीय कृष्णबहादुर खड्काले आफ्नै ८२ वर्षीय हजुरबुबा लक्ष्मण लामाको हत्या गरेका हुन् ।
महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) द्वारा आयोजित कार्यक्रमका वक्ताहरूले यौन हिंसाबाट बचेकाको गोपनीयता कायम राख्नुपर्ने बताउनुभएको छ । आज काठमाडौँमा आयोजित अभिमुखीकरणमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सञ्चारकर्मी बबिता बस्नेतले सो कुरा बताउनुभयो ।
हेटौँडा उपमहानगरपालिका वडा नं. १६ स्थित चिसापानीमा खाग (जङ्गली माहुरी) ले चिलेर दुई जना महिला गम्भीर बिरामी हुनुभएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २ टिकुलीपुरमा कला र संस्कृतिको जगेर्ना गर्न आइतबारदेखि ३ दिने ‘डिग्रे’ मेला सुरु भएको छ । सिद्धसाइकुमारी मन्दिर व्यवस्थापन समितिको आयोजनामा सञ्चालनमा आएको मेलाको राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले उद्घाटन गर्नुभयो ।
अवैध रूपमा गाजाबाट चरेस बनाउने उद्योग सञ्चालन गरेर गाँजाको धुलो बनाउने उद्योग सञ्चालन गरेपछि जिल्लाको खप्तडछान्ना–७ गोर्खालीबाट ९१ केजी लागुऔषधसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘द लेप्रोसी मिसन नेपाल’ ले आफूले गरेको काममा सफलता पाएको जनाएको छ । अपाङ्गता समावेशी रोजगारी प्रवर्द्धन कार्यक्रममा लेप्रोसीले सफलता हासिल गरेको दाबी गरेको हो ।