सशस्त्र सीमा सुरक्षा गण–६ सप्तरीले एक बन्दुक र ५ राउन्ड राइफलको गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहका पिता मङ्गलबहादुर शाहले सात लाख रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।
ताप्लेजुङमा पक्राउ परेका कार्यकर्ता रिहाइको मागसहित पहिचान पक्षधरसमूहले गरेको बन्दका कारण मेची राजमार्ग आज बिहानैबाट ठप्प भएको छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा बसको ठक्करबाट किशोरीको मृत्यु भएको छ ।
मोरङको उर्लाबारी–७ स्थित एक सुन पसलमा गत कात्तिक २६ गते भएको आगलागीमा परी घाइते भएका ४३ वर्षीय राम नरेश मरिता (यादव) को उपचारका क्रममा मृत्यु भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि आजदेखि पदयात्रा सुरु भएको छ ।
आइतबारदेखि मौसम बदली भएपछि जिल्लामा चिसो बढ्न थालेको छ । यसबाट वृद्धवृद्धा, बालबालिका र बिरामी बढी प्रभावित भएका छन् । जिल्ला अस्पताल बाजुरामा समेत दम, रुघाखोकीलगायतका बिरामी बढ्न थालेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
बाँकेमा एक चौध वर्षीया बालिकाकाे कर्तव्य ज्यान मुद्दाका एक भारतीय नागरिक कारागार चलान भएका छन् । डुडुवा गाउँपालिका वडा नं. १ टेपरीका श्यामलाल चमारको १४ वर्षीया छोरी रिता हरिजन भन्ने सिलावती चमारलाई मारेको आरोपमा जिल्ला बहराइच थाना रुपैडिहा तहसिल नानपारा ग्राम बाबागञ्ज भारतका ३० वर्षीय महेश चौहानलाई बाँके जिल्ला अदालतले सोमबार कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
मेरा एक जना साथीकी छोरीले एसइई पास गरिछन् । च्याटमा कुरा गर्दै थिएँ– ओहो दाहालजी, ल बधाई छ है, छोरीले पास गरिछन् । उनले धन्यवाद भने ।
हाल देशमा पश्चिमी वायुका साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । यसका कारण देशका विभिन्न स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीयहरू आन्दोलित भएका छन् । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित लुम्बिनी चिनी मिलको बढ्दो प्रदूषणले स्थानीयको जनस्वास्थ्यमा प्रतिकुल असर पारिरहेकोले उक्त प्रदूषण न्यूनीकरण गर्न मिलसँग माग गर्दै सुनवलवासी आन्दोलित बनेका हुन् ।
चितवनको माडीस्थित पर्यटकीय गन्तव्य वैकुण्ठ तालमा पौडी खेल्न रोक लगाइएको छ । यहाँ पौडी खेल्दा प्रत्येक वर्ष मानिसको डुबेर मृत्यु हुन थालेपछि वैकुण्ठ ताल व्यवस्थापन समितिले पौडी खेल्न रोक लगाएको हो ।
पछिल्लो समय राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चर्चामा रहेको दिगो विकास लक्ष्यको चर्चा छ । सरकारी स्तरमा दिगो विकासका लक्ष्यबारे छलफल भए पनि जनस्तरमा यस बारेमा खासै जानकार छैनन् । जनस्तरमा यस विषयमाथि पर्याप्त छलफल भएको छैन । वर्तमान विश्वमा जलवायु परिवर्तन, विश्वव्यापी तापक्रम वृद्धि जस्ता नयाँ समस्या झेलिरहेको विश्वका हरेक मानिसले दिगो विकास लक्ष्यबारे जानकार हुनु जरुरी छ ।
नेपाली कांग्रेस गुल्मीले पार्टी सदस्यहरूबाट अनिवार्य रूपमा लेबी उठाउने भएको छ ।
लेख्न मन लागेको तर जाँगर नचलेको, नलेखुँ घरिघरि यो विषयले चिथोरिरहने, यसै कारण लेखेको हुँ । आजसम्मका कथा, निबन्ध वा लेख लेख्दा म स्पष्ट हुन्थ्येँ– कि कसरी विषयको पोयो उठाउ