तीन पटक म्याद थपिसक्दासमेत भेरी अस्पताल नेपालगन्जको नयाँ अत्याधुनिक भवन निर्माण पूरा हुन सकेको छैन। २५० शøयाको सो अस्पताल भवनको निर्माणमा ढिलाइ हुँदा त्यसको प्रत्यक्ष प्रभाव त्यहाँ आउने सयौँ बिरामीलाई परेको अस्पतालले जनाएको छ। २०७८ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०७४/७५ मा प्रेरा सिएबी भीमेश्वर जेभीले भवन निर्माणका लागि ३२ करोडको लागतमा ठेक्का पाएको थियो तर सो समय सकिएर तीन पटक म्याद थप भइसक्दा पनि अस्पताल भवनको निर्माण अझै पूरा भएको छैन।
पाँच महिनादेखि तलब नपाएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। तलब नपाएको भन्दै स्वास्थ्य कर्मचारीले नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन्। स्वास्थ्यकर्मीले तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जागेश्वरीदेवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याललाई ज्ञापनपत्र बुझाएका हुन्। तिलोत्तमा नगरपालिकामा ४५ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकामा अहिले ७८ जना कार्यरत छन्।
कर्णाली प्रदेश सरकार आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यव्रmम र बजेटको तयारीमा जुटेको छ। जेठ १५ गतेभित्र नीति तथा कार्यक्रम ल्याइसक्नुपर्ने र असारअघि नै बजेट ल्याउनुपर्ने व्यवस्था छ। विगतका वर्षभन्दा यो वर्ष बजेट कम हुने सङ्केत देखिएको छ। चालु आव २०७९/८० का लागि कर्णालीमा ३२ अर्ब ३१ करोड ६१ लाख बराबरको बजेट ल्याइएको थियो। लक्ष्यअनुसारको राजस्व दर नबढेपछि सङ्घीय सरकारबाटै कम मात्रै बजेट सिलिङ पठाइएको छ। प्रदेश सरकारको आन्तरिक आम्दानी निकै न्यून छ। त्यसैले पनि कर्णालीको बजेट यस वर्ष कम हुने देखिन्छ।
रैथाने खाना र संस्कृतिको प्रवर्धन गरी पर्यटन विकास गर्ने उद्देश्यसहित सिँजामा सांस्कृतिक खाना महोत्सव आयोजना गरिएको छ। सिँजा गाउँपालिकाको नराकोटमा आयोजित महोत्सवमा सात वटा खाना स्टल राखिएका थिए। महोत्सवमा कोदो, फापर, मकै, भटमास, चिनु, कागुनु, मकैका परिकार, खरायोको मासुसमेत स्टलमा राखिएका थिए।
सामुदायिक विद्यालयको सिकाइ सुधारका लागि केही विद्यालयले अतिरिक्त कक्षा सञ्चालन गर्न थालेका छन्। वार्षिक परीक्षामा कमजोर नतिजा आएपछि तिलागुफा नगरपालिका केही विद्यालयले सिकाइ उपलब्धि बढाउन अतिरिक्त कक्षा सञ्चालन गर्न लागेका हुन्। वडा नं. ४ को कालिका माध्यमिक विद्यालय राँचुलीले कक्षा ३, ४ र ५ का विद्यार्थीलाई अतिरिक्त पठनपाठन गराउँदै आएको छ। विद्यालयका प्रधानाध्यापक खगेन्द्रबहादुर शाहीले विद्यालयको परीक्षाफल खस्किँदो आउन थालेपछि थप कक्षा सञ्चालन गर्नु परेको बताउनुभयो।
तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण गरेको छ । प्रति किलो रु ५५ मा खरिद गरी कृषकलाई बीउ वितरण गरेका हो ।
बाजुराका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाई लगातार भूकम्प आउन थालेपछि स्थानीयवासी त्रसित बन्न थालेका छन् । भूकम्पका कारण घर, गोठ भत्किनुका साथै केही व्यक्ति घाइते भएपछि यहाँ घर बनाउने शैली र छानासमेत परिवर्तन गर्न थालिएको छ। यहाँका अधिकांश गाउँबस्तीका स्थानीयले भूकम्पको डरले घरको छानामा रहेको सिलेट (ढुङ्गा) हटाई जस्तापाता (कर्कट) प्रयोग गर्न थालेका छन्। भूकम्प आउँदा ढुङ्गाको छानो लगाएको घर भत्केर च्यापिने डरले जस्तापाताको छाना लगाउन थालेका हुन्।
आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत सङ्घसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन् ।
नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको पहिलो मुलुक हो – बेलायत । सन् १८१६ मा नेपाल र भारतमा उपनिवेश रहेको तत्कालीन इस्ट इन्डिया कम्पनी सरकारबीच भएको सुगौली सन्धिसँगै बेलायत र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । १६५ देशसँग द्विपक्षीय सम्बन्ध जोडेको नेपालको कूटनीतिक विस्तारले देशको परिचय मात्र विस्तार भएको छैन, दायित्व पनि बढाएको छ। नेपालको आर्थिक, सामाजिक र भौतिक क्षेत्रको विकासनिम्ति सहयोग गरिरहेका दातृ
आज (१७ मे, २०२३) विश्वका १९३ देशमा विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदै छ। प्रत्येक वर्ष मनाइने यो दिवसका लागि अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घले १९३ सदस्य राष्ट्रलाई दिवसको नाराको तय गरी नाराको सारगर्भितालाई दृष्टिगत गरी नीतिगत तह, नियमन तह, सेवा सञ्चालन तह र सबै किसिमका उपभोक्ताका लागि समेटी सबैको आ–आफ्नो जिम्मेवारी अनुसार यो क्षेत्रको विकासमा योगदान हुने गरी कार्यव्रmम तर्जुमा गरी आजको दिवस सार्थक रूपमा मनाउ
नेपालको राजनीतिक इतिहासमा पृथक् पहिचान बनाएका नेता मदन भण्डारी हुनुहुन्थ्यो। कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशाबोध दिने जनताको बहुदलीय जनवादका प्रणेताका रूपमा राजनीतिक वृत्तमा मदन भण्डारी परिचित नाम हो। कम्युनिस्ट आन्दोलन र माक्र्सवादी विचारका सैद्धान्तिक पाटाको समयोचीनि विश्लेषण गर्ने सिद्धान्तकार नेता भण्डारी कुशल सङ्गठक, सिद्धान्तनिष्ठ नेताका रूपमा परिचित छन्। चितवनको दासढुङ्गामा जननेता भण्डारी तथा अर्का प्रभावशाली नेता जीवराज आश्रितको अकल्पनीय निधनले सिङ्गो मुलुक शोकविह्वल तथा स्तब्ध भयो। राजनीतिक वृत्त, मिडिया र आमजनताले त्यो स्तब्धकारी घटनालाई
अर्थमन्त्री डा. प्रकाशशरण महतले नवीनतम प्रविधिको प्रयोगमार्फत स्वस्थ, प्रतिस्पर्धी बिमा व्यवसायका लागि नियामकको भूमिका बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाल बिमा प्राधिकरणको ५५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पुरातन शैलीले नभई अब नवीनतम प्रविधिको प्रयोगमार्फत स्वस्थ, प्रतिस्पर्धी र ग्राहकको सुरक्षालाई ध्यानमा राखी बिमा व्यवसाय चलाउन नियामकको भूमिका बलियो बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।
पर्वतको कुस्मामा रहेको पर्वत अस्पतालमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा अस्पतालमा रहेका करोडौँ मूल्यका स्वास्थ्य सामग्रीसमेत प्रयोगविहीन बनेका छन्। १५ शय्या क्षमताको अस्पतालमा पुरानो दरबन्दी अनुसारका स्वास्थ्यकर्मीसमेत नहुँदा सामान्य रोगका बिरामीसमेत बाहिर सिफारिस गर्नुपर्ने बाध्यता छ। अस्पतालमा गम्भीर बिरामीका लागि आवश्यक पर्ने भेन्टिलेटर, आइसियु सञ्चालन गर्नसमेत समस्या भएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रुक्मिना अधिकारीले बताउनुभयो।
नेपाल टेलिकमले भारत र थाइल्याण्डमा आफ्नो प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल उल्लेख्य मात्रामा घटाएको छ । अन्तर्राष्टिय दूर सञ्चार दिवसको अवसर पारेर आजदेखि रोमिङ महसुल घटाइएको टेलिकमले जनाएको छ । गत चैतमा भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको भारत भ्रमणका क्रममा त्यहाँ रहेका नेपालीहरुले रोमिङ महसुल घटाउन माग गरेका थिए । सो भ्रमणपछि मन्त्री शर्माले नेपाल टेलिकमलाई रोमिङ महसुल घटाउन निर्देशन दिनुभएको थियो । सो निर्देशपछि झण्डै लामो गृहकार्य गरी नेपाल टेलिकमले भारत र थाइल्याण्डमा रोमिङ महसुल घटाएको मन्त्री शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिनुभयो ।
अत्यधिक गर्मी बढेपछि अधिकांश चापाकल सुक्न थालेका छन्। जिल्लाका अधिकांश ठाउँमा पानीको सतह कम हुँदै गएकाले समस्या हुन थालेको स्थानीय बासिन्दा बताउँछन्। कलैया उपमहानगरपालिका २, ३, ५, १६, १८, वडाको कलैया टोल, भवानीपुर, ब्रह्मपुरी, औधापुर, उत्तरझिटकैया, मझौलिया, श्रीपुर, बकुलहर, कवलपुर, भोडहा, मदिलवा, मनहर्वा, सखुई, बिजुलपुर, सिसवामहेशपुर, गङ्गापुर, भतौडा, कोइरिया टोल, सिसहनिया, पतौरा, पचायनपुरलगायतका गाउँमा चापाकलबाट पानी आउन कम भएको स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द्र जैसवालले बताउनुभयो।