अस्ट्रेलिया सरकारले आगामी जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने मङ्गलबार घोषणा गरेको छ । सरकारको उक्त घोषणाको चिकित्सकहरूले तत्काल स्वागत गरेका छन् ।
धनगढी उपमहानगरपालिकामा रहेका निजी अस्पतालहरूमा विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचार हुने भएको छ ।
युवा गायक दीपक भुजेलले नयाँ साङ्गीतिक सौगात ‘तिमी आइदेऊ’ सार्वजनिक गर्नुभएको छ । प्रेमिल शैलीको यस गीतमा स्वर, शब्द र सङ्गीत स्वयम् गायक भुजेलकै रहेको छ ।
बजारमा सहजै एलपी ग्यास पाउन सकिने र विद्युतको पहुँच पनि भएकाले पोखरा महानगरपालिकाका अधिकांश घरमा खाना एलपी ग्यास वा बिजुलीमै पाक्ने गर्दछ । यसले मध्यम परिवारको खाना पकाउन प्रयोग हुने ऊर्जाका लागि मासिक रु दुईदेखि तीन हजारसम्म खर्च हुने गर्दछ । तर यहाँका थोरै घरका बासिन्दाले अहिले पनि ३० वर्षदेखि निरन्तर बायोग्यासमै खाना पकाउने गर्दछन् र त्यसका लागि हुने खर्च बचत गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार सात सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार एक सय ५० कायम भएको छ ।
उत्तरी हुम्लाको उच्च क्षेत्रमा हिमपात सुरु भएको छ । सोमबारबाट मौसममा बदली रहेको भएपनि मङ्गलबार बिहानबाट उच्च भेगमा हिमपात भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले जनसङ्ख्याको बसाइसराइ रोक्नका लागि तीन वटै सरकार सजक हुनु पर्ने बताउनुभएको छ ।
नेपालगञ्ज उप-महानगरपालिका-१८ मा दुई करोडको लगानीमा निर्माण सुरु भएको स्टार पोलीपाइप इन्डष्ट्रिज उद्योगले लागत विस्तार गरेको छ । स्टार पोलीपाईप उद्योगका अध्यक्ष कमल कार्कीका अनुसार हाल उद्योगको लागत ३० करोड रुपियाँ पुगेको छ ।
रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–९ रातोपुलस्थित नुवाकोट ब्युटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक सङ्खुवासभा चिचिला गाउँपालिका–१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।
लीय जैविक विविधता संरक्षणका लागि बाँकेस्थित राप्ती नदीमा २० हजार माछाका भुरा छोडिएको छ । विश्व मत्स्य दिवसको अवसरमा मत्स्य विकास केन्द्र राप्तीसोनारी–८ ओभरीले राप्तीसोनारी गाउँपालिका–२ स्थित राप्ती नदीमा रोहु र नैनी जातका २० हजार माछाका भुरा छोडेको हो ।
काठमाडौँ महानगरपालिका घट्टेकुलोबाट राष्ट्रिय सभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ ।
जलवायु परिवर्तनले पहिले नै विश्व अर्थतन्त्रबाट अर्बौँ डलर कम गरिरहेको र यसबाट विकासोन्मुख मुलुकहरू सबैभन्दा बढी प्रभावित भएको कोप २८ जलवायु शिखर सम्मेलनअघि मङ्गलबार प्रकाशित एउटा नयाँ प्रतिवेदनले बताएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भूकम्प प्रभावित नागरिकको अवस्था दयनीय रहेको बताउनुभएको छ । सोमबार प्रभावित क्षेत्रमा अवलोकन गरेर फर्किनुभएका नेपालले सबैले सकेको सहयोग गर्न आवश्यक देखिएको बताउनुभएको हो ।
सामाजिक विकास कार्यालय तनहुँले निजामती सेवामा महिलाको पहुँच पुर्याउन निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन हुने महिला, बालबालिका तथा समाजकल्याण तर्फका स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन मापदण्ड २०८० अनुसार तालिम सञ्चालन गर्ने निर्णय भएको कार्यालयले जनाएको हो ।
चुरे गाउँपालिका–४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । वि.सं १९८४ मा खड्कशमशेर जङ्गबहादुर राणाले निर्माण गर्नुभएको ऐतिहासिक राणाकालीन दरबारको संरक्षण अभावमा जीर्ण बन्दै गएको हो ।