अविनाश चौधरीधनगढी, मङ्सिर १२ गते। अभद्र व्यवहार गरेको आरोपमा कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका–१ का शेख मुनिर अहमदलाई पक्राउ गरेको छ। वडा नम्बर ७ का ५२ वर्षीय भोजराज विश्वकर्माले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै अहमदविरुद्ध प्रहरीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो।पक्राउ परेका अहमदविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्यादथप अनुमति लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो। अहमदलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ। उनीबाट अन्य व्यक्तिसमेत विभिन्न किसिमबाट पीडित भएको भन्ने जानकारी आएकाले शेख मुनिर अहमदको नाममा कुनै जाहेरी/उजुरी भए सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालयले सम्बन्धितलाई आग्रह गरेको छ।
बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई नियन्त्रणमा लिइएको छ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को आर्थिक वर्ष २०८०/०८१ को केन्द्रीय स्तरको प्रथम त्रैमासिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । नार्कको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा मङ्गलबार नार्कअन्तर्गतका ६२ वटा कार्यालयहरूको समग्र प्रगति विवरण सो समीक्षा गोष्ठीमा पेस गरिएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष केपी ओलीबिच भेटवार्ता भएको छ ।
बाँके जिल्लाका अधिकांश सरकारी र गैर सरकारी कार्यालय अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएकालाई सेवा लिन सास्ती भोग्नु परेको छ।
नेपालगन्जमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिने भएको छ । बाँके जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा आगामी फागुनको अन्तिम साता राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।
अनौपचारिक सामाजिक सुरक्षा कोषमा पहिलो पटक आबद्ध भएको गाउँपालिका फेदीखोला सम्मानित भएको छ । कोषको छैटौँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौँमा पालिकाका अध्यक्ष घनश्याम सुवेदी सम्मानित हुनुभएको हो ।
पर्वतको भूमिहीन सुकुम्वासी र दलितको समस्याबारे स्थानीय पालिका बेखबर देखिएका छन्। पालिकाको बेवास्ताकै कारण राष्ट्रिय भूमि आयोग जिल्ला समिति पर्वतले पुष्टि गरेका भूमिहीन, सुकुम्वासी र दलित एक जनाले पनि जग्गाको लालपुर्जा पाउन सकेका छैनन्।
रिब्दिकोट ७ मैनादिमा व्यावसायिक सुन्तला खेती प्रवर्द्धनका लागि सुन्तला महोत्सव हुने भएको छ । महोत्सवमा कृषि विज्ञ र सुन्तला किसानबिच छलफल गरिने रिब्दिकोट गाउँपालिका ७ का वडा अध्यक्ष दान बहादुर कुँवरले जानकारी दिनुभयो ।
नेपाल पुलिस क्लब पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा सुदूरपश्चिम प्रदेशसँग पुलिस ४ विकेटले पराजित भएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गर्नुभएको छ ।
पहिचान पक्षधरले आह्वान गरेको बन्दका कारण यातायात ठप्प हुँदा यात्रु मारमा परेका छन् । पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको मागसहित पहिचान पक्षधरले आह्वान गरेको यातायात बन्दका कारण मेची राजमार्गमा यातायात सञ्चालन नहुँदा यात्रु मारमा परेका हुन् ।
‘जाजरकोट भूकम्प’ बाट प्रभावित बस्तीमा एक हजार अस्थायी आवास ‘घर–टहरा’ निर्माण अभियानमा योगदान गर्ने नेपाली कांग्रेसको निर्णय अनुसार तीन स्थानमा अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।
चीनका राष्ट्रपति सी जिनपिङले अन्तर्राष्ट्रिय कम्पनीहरूको अधिकार र बौद्धिक सम्पत्तिका लागि व्यापक सुरक्षाको आदेश दिनुभएको सरकारी मिडियाले मङ्गलबार बताएको छ ।
गायक एवम् सङ्गीतकार अजय अधिकारी ‘सुशील’को नयाँ गीत सार्वजनिक भएको छ । शिक्षा समेत रहनुभएको अधिकारीले बालबालिकाको चाहनामा समर्पित नयाँ गीत ‘मनको रहर मन मनैमा’ सार्वजनिक गर्नुभएको हो ।