अनौपचारिक सामाजिक सुरक्षा कोषमा पहिलो पटक आबद्ध भएको गाउँपालिका फेदीखोला सम्मानित भएको छ । कोषको छैटौँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौँमा पालिकाका अध्यक्ष घनश्याम सुवेदी सम्मानित हुनुभएको हो ।
पर्वतको भूमिहीन सुकुम्वासी र दलितको समस्याबारे स्थानीय पालिका बेखबर देखिएका छन्। पालिकाको बेवास्ताकै कारण राष्ट्रिय भूमि आयोग जिल्ला समिति पर्वतले पुष्टि गरेका भूमिहीन, सुकुम्वासी र दलित एक जनाले पनि जग्गाको लालपुर्जा पाउन सकेका छैनन्।
रिब्दिकोट ७ मैनादिमा व्यावसायिक सुन्तला खेती प्रवर्द्धनका लागि सुन्तला महोत्सव हुने भएको छ । महोत्सवमा कृषि विज्ञ र सुन्तला किसानबिच छलफल गरिने रिब्दिकोट गाउँपालिका ७ का वडा अध्यक्ष दान बहादुर कुँवरले जानकारी दिनुभयो ।
नेपाल पुलिस क्लब पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा सुदूरपश्चिम प्रदेशसँग पुलिस ४ विकेटले पराजित भएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गर्नुभएको छ ।
पहिचान पक्षधरले आह्वान गरेको बन्दका कारण यातायात ठप्प हुँदा यात्रु मारमा परेका छन् । पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको मागसहित पहिचान पक्षधरले आह्वान गरेको यातायात बन्दका कारण मेची राजमार्गमा यातायात सञ्चालन नहुँदा यात्रु मारमा परेका हुन् ।
‘जाजरकोट भूकम्प’ बाट प्रभावित बस्तीमा एक हजार अस्थायी आवास ‘घर–टहरा’ निर्माण अभियानमा योगदान गर्ने नेपाली कांग्रेसको निर्णय अनुसार तीन स्थानमा अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।
चीनका राष्ट्रपति सी जिनपिङले अन्तर्राष्ट्रिय कम्पनीहरूको अधिकार र बौद्धिक सम्पत्तिका लागि व्यापक सुरक्षाको आदेश दिनुभएको सरकारी मिडियाले मङ्गलबार बताएको छ ।
गायक एवम् सङ्गीतकार अजय अधिकारी ‘सुशील’को नयाँ गीत सार्वजनिक भएको छ । शिक्षा समेत रहनुभएको अधिकारीले बालबालिकाको चाहनामा समर्पित नयाँ गीत ‘मनको रहर मन मनैमा’ सार्वजनिक गर्नुभएको हो ।
बाजुराको बुढीगङ्गा नगरपालिका–१ अम्कोटमा आवास कार्यक्रमका घर अलपत्र परेका छन् । आर्थिक वर्ष २०७९-०८० मा स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोगमा बाढीपहिरोबाट विस्थापित भएका अम्कोटका स्थानीयलाई स्थापित गर्ने गरी आवास कार्यक्रम सुरु गरिएको हो ।
म्याग्दे गाउँपालिकाले लम्पी स्किन रोगको सङ्क्रमणका कारण पीडित किसानलाई राहत हस्तान्तरण गरेको छ । गत आर्थिक वर्षमा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगबाट पशु मरेका किसानलाई राहतस्वरुप प्रति पशु दश हजारका दरले राहत वितरण गरिएको हो ।
नेपालको सबैभन्दा ठुलो जुट उद्योगको रूपमा रहेको सोनापुरस्थित अरिहन्त मल्टी फाइबर्स लिमिटेड सामाजिक सुरक्षा कोषबाट सम्मानित भएको छ।
मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत देशभरीका कारागारमा विपश्यना ध्यान शिविर सञ्चालन हुने भएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सुचारु गर्न समन्वयात्मक भूमिका निर्वाह गरिदिन पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग माग गरेको छ । सङ्घले यस क्षेत्रको आर्थिक मेरुदण्डका रूपमा रहेको यो विमानस्थलबाट निरन्तर उडानको व्यवस्था गर्न माग गरेको हो ।
बाँकेमा बालिका शिक्षा कार्यक्रम प्रभावकारी देखिएको छ । जिल्लाका आठमध्ये चार पालिकाका विभिन्न विद्यालयमा सञ्चालन भएको बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको हो ।