पछिल्लो समयमा सामाजिक सेवातर्फ विद्यार्थीहरूमा चासो घटेको भन्दै स्वयं सेवाका लागि स्काउट सदस्य बढाउन थालिएको छ ।
चीन र इरानमा धार्मिक स्वतन्त्रताको अधिक उल्लङ्घन भएको आरोप धार्मिक स्वतन्त्रतासम्बन्धी एक अमेरिकी प्रतिवेदनमा लगाइएको छ ।
पार्क व्यवस्थापनमा रहेका नीतिगत र कानुनी जटिलताको समाधान खोज्ने गरी स्पष्ट कानुन बनाउन राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले बुटवलमा दुई दिने पार्क सम्मेलन आयोजना हुने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय आवश्यक भएकाले नै नेपाल विश्वविद्यालय विधेयक ल्याइएको बताउनुभएको छ ।
महोत्तरी जिल्लाका स्थानीय निकायका प्रमुखहरूले भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७८ लाई संशोधन गर्न माग गरेको छ ।
दक्षिण कोरिया जाने नेपाली कामदारहरूलाई अवैध रूपमा प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी भइरहेको पाइएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिसम्बन्धी सेवालाई सस्तो र गुणस्तरीय बनाउँदै सबैको पहुँचमा पुर्याउने सन्दर्भमा सेवा प्रदायक र नियामकले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
पोखराको रत्न मन्दिर र हिमा गृह गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गते खुल्ने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लेकसाइडस्थित रत्नमन्दिरको अवलोकन गर्नुहुँदै जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर मन्दिर परिसर खुला गर्ने जानकारी दिनुभयो ।
ललितपुर महानगरपालिका –४ स्टिलटावर चोक नजिकबाट दुई सय ९७ मिलिग्राम तौल भएको गैँडाको खाग(ओखेटोपहार) सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिकाको भारपामा ट्याक्टरबाट खसेर दुई बालिकाको निधन भएको छ ।
पश्चिम बङ्गालको पश्चिम मेदिनीपुर जिल्लास्थित एउटा पटाका कारखानामा विष्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन् ।
कीर्तिमानी आरोही कामीरिता शेर्पाले २७औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आफ्नै विश्वकीर्तिमान तोड्नुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्ने बताउनुभएको छ ।
म्यान्मामा मोचा आँधीमा परेर ८१ जनाको मृत्यु भएको छ । अल्पसङ्ख्यक रोहिङ्गिया मुसलमानको बसोबासस्थल राखिन राज्यको बुमा र समीपको खाउङ डोके कार गाउँमा कम्तीमा ४६ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन् ।
तनहुँको बन्दीपुर गाउँपालिका सुत्केरी, अशक्त तथा अपाङ्गता भएकाले स्वास्थ्य संस्थामा जाँदा र आउँदा निःशुल्क एम्बुलेन्स पाउने भएका छन् । स्वास्थ्य सूचकाङ्क सुधारका लागि यो सुविधा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।