सन् २०२३ को यु–१९ एसिया कपका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार देव खनालको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको विकासका लागि तीन तहका सरकार एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ।
बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले नमूना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० स्वीकृत गरेसँगै वडा समाजवादी कार्यक्रम कार्यान्वयनका लागि बाटो खुलेको हो।
पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहाइ नगरिएकोभन्दै पहिचान पक्षधरले भोलि बुधबारका लागि ताप्लेजुङमा बन्दको घोषणा गरेका छन्। मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै पहिचान पक्षधर समूहले बन्दको घोषणा गरेका हुन्।
कोशी राजमार्ग अन्तरगत धनकुटा तमोर नदीको पुल नजिकै सागुरीगढी गाँउपालिका एकमा उखुडाँडा छ।
श्रीलङ्काले जलवायु परिवर्तन विश्वविद्यालय स्थापना गर्ने भएको छ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले सन् २०२३ को संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तन सम्मेलन (कोप२८) मा विभिन्न तीन वटा प्रस्ताव प्रस्तुत गर्नुहुने सरकारी सञ्चार माध्यमले मङ्गलबार जनाएको छ ।
सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालकी अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले नसर्ने रोगको अवस्था नेपालमा भयावह बन्दै गइरहेको बताउनुभएको छ।
देशकै ठूलो महानगर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारीका लागि गण्डकी प्रदेश सरकारले अध्ययन समिति गठन गरेको छ।
जाजरकोटमा गएको भूकम्पका पीडितलाई ज्येष्ठ नागरिक संघ गोरखाले आर्थिक सहयोग गरेको छ ।
नामिबिया सन् २०२४ को आइसिसी टी-२० विश्वकपमा छनोट भएको छ । अफ्रिकी छनोट अन्तर्गत घरेलु मैदानमा मङ्गलबार भएको खेलमा तान्जानियालाई ५८ रनले हराउँदै नामिबियाले विश्वकपमा स्थान बनाएको हो ।
नवलपुरमा बोटबाटै सुन्तला बिक्री भएपछि कृषक उत्साहित बनेका छन् । व्यावसायिक रूपमा सुन्तला खेती विस्तार भएका क्षेत्रमा उत्पादित सुन्तलाको खरिदका लागि व्यवसायी बगैँचामै पुग्छन् ।
प्रहरीले अनलाइन ग्याम्बलिङ तथा अनलाइन क्यासिनो खेल खेलाउने काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका – ७ का २६ वर्षीय आकाश रेग्मीलाई पक्राउ गरेको छ ।
जापानले परीक्षणका रूपमा चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री गर्ने पाइलट प्रोजेक्ट सुरु गरेको छ । यद्यपि अभियानकर्ताहरूले उक्त प्रोजेक्टलाई अत्यन्त सानो भनेर आलोचना गर्दै सबै प्रतिबन्ध हटाउन आह्वान गरेका छन् ।
“विदेशी पर्यटक आउँछन् सामान भने स्वदेशी पर्यटकले किन्छन्”, वसन्तपुर दरबार क्षेत्रमा विगत ४० वर्षदेखि हस्तकलाको व्यवसाय गर्दै आउनुभएका रामकृष्ण सिटौलाले भन्नुभयो, “अहिले व्यापारको सिजनमा पनि व्यापार सुस्त छ, मुस्किलले बोनी हुन्छ ।”
बाँकेमा कात्तिक शुक्ल पूर्णिमाको अवसरमा गुरुवागाउँ मेला सुरु भएको छ । जानकी गाउँपालिका ५, बेलहरीस्थित गुरुवागाउँमा लाग्ने उक्त मेलामा भेडा जुधाउने ऐतिहासिक परम्परा छ ।