चितवन राष्ट्रिय निकुञ्जले दुई वर्षको अवधिमा मानिसलाई आक्रमण गर्ने चारवटा बाघलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका बाघको निकुञ्जले स्वास्थ्य परीक्षण गरेर पुनः बासस्थानमै छाड्ने गरेको छ ।
नेपाल बैङ्क लिमिटेडको सञ्चालक समिति सदस्यमा अर्थ मन्त्रालयका सहसचिव केदारनाथ शर्मा नियुक्त हुनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विदेशी संस्कृतिको बढ्दो प्रभावका कारण नेपाली मौलिक कला र संस्कृति ओझेलमा पर्नसक्ने खतरा उत्पन्नभएको बताउनुभएको छ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को स्वर्ण महोत्सवको उद्घाटन विशेष कार्यक्रममा आइतबार उहाँले त्यस्तो बताउनुभएको हो ।
मानिसको दैनिक जीवनयापनका लागि गाँस, बास, कपास अनिवार्य आवश्यकता हो । यो भान्छाभित्रको दैनिक आवश्यकताभित्र पर्ने र जीवनयापनसँग जोडिएर आउने वस्तु इन्धन भएकाले यो बढी चासोको विषयभित्र पर्दछ । आधारभूत भन्ने बित्तिकै हाम्रो दैनिक जीवनका लागि भान्छाभित्रको खाद्य वस्तुसँगै इन्धनले महत्व राख्दछ ।
सरकार जनताको अभिभावक हो । पारदर्शिता, कार्यक्रमको प्रभावकारी कार्यान्वयन र कार्यसम्पादन गर्ने विधि एवं जिम्मेवारीले मात्र सरकारलाई लोकप्रिय बनाउँछ । नागरिकले सरकारलाई कर तिरेका हुन्छन् ।
काठमाडौँको सहरमा गाडी चलाउन सक्ने जो कुनै ड्राइभरले विश्वको कुनै कुनामा गएर पनि गाडी चलाउन सक्छ । अत्यन्त अव्यवस्थाका बीचमा नेपाली चालकले गाडी चलाउँछन् र चालकले आफूलाई सुरक्षित राख्न सक्नु भनेको नेपालीको अर्को बहादुरी हो । विदेशमा गाडी चलाउने कुनै चालकले नेपालमा हतपत्त गाडी चलाउने कल्पना गर्दैन ।
राजधानी काठमाडौँका सडकमा ठाउँ–ठाउँमा खाल्डा हुनुलाई असामान्य रूपमा लिने गरिन्न । यो विडम्बना नै हो । मूल सडकदेखि भित्री सडकसम्म महानगरवासी, सवारी चालक र यात्रीका अनेक भोगाइ छन् । कतिपय खाल्डा वर्षौंदेखिका छन् । हिउँदमा पनि थिए । अहिले असार लागेपछि भने एकाएक सक्रियता बढेको छ ।
स्थानीय तह निर्वाचन शान्तिपूर्ण सम्पन्न भयो । आम जनताको मतदानप्रतिको उत्साहले संविधान मास्न खोज्ने र जनताको अवहेलना गर्नेहरू पाखा परेका छन् । दम्भी, अहङ्कारी, भ्रष्टाचारी एवं प्रतिगमनकारीलाई जनताले पाखा लगाए ।
नेपाल आयल निगमले आइतबार राति इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ।
विपि कोईराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको तेस्रो राष्ट्रिय अन्तर मेडिकल कलेज हाजिरी जवाफ प्रतियोगितामा विपि प्रतिष्ठानको ‘बी’ टिम विजयी भएको छ । ‘बी’ टिमबाट दिवाकर कोइराला, वेद प्रकाश पन्त र सुमित धमलाले प्रथम स्थान हासिल गर्नुभएको हो ।
तनहुँ, असार ५ गते। डुम्रे–बेसी सहर सडक खण्डको अवरोध हटेको छ। आइतबार साँझ ६ : १५ बजेबाट सडक सुचारु भएको हो। अबिरल वर्षाले गर्दा तनहुँको भानु नगरपालिका–८ बलिफाँटमा बाढीले खोतलेर सडक भासिएपछि आइतबार बिहान चार बजेदेखि सडक अवरुद्ध भएको थियो। बाढीले खोलेको ठाउँमा ह्युम पाइप राखेर माटो र ढुङ्गाले पुरेर १४ घण्टापछि अवरोध हटाइएको प्रहरी चौकी बाइसजङघारका प्रहरी सहायक निरीक्षक भरत थापाले जानकारी दिनुभयो। तनहुँको डुम्रे बजार र जमजुङको बेशीसहर जोड्ने सो सडक अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका थिए। यो सडकले तनहुँका अतिरिक्त जमजुङ, गोरखा र मनाङ जिल्लाका थुप्रै भू–भाग जोडेकोले धेरै बासिन्दा प्रभावित भएका थिए। सडक विभाग यान्त्रिक कार्यालय डुम्रे, सडक डिभिजन कार्यालय लमजुङको प्राविधिकको सहयोगमा डोजरको सहायतामा अवरोध हटाएको प्रहरी सहायक निरीक्षक थापाले बताउनुभयो। सडक खुलेपछि यात्रुहरु आ–आफ्नो गन्तव्यमा लागेका छन्।
राष्ट्रियसभाका सांसदहरुले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)बारे सत्ता र प्रतिपक्षले समान धारणा बनाएर विषयको किनारा लगाउनुपर्नेमा जोड दिनुभएको छ।
अब्दुस मियाँले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं–६ बाट स्वतन्त्र उम्मेदवारी घोषण गर्नुभएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरमा दुई जना पाइलट अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ।
स्थानीय तहका दलित महिला जनप्रतिनिधिले आफूहरुलाई जिम्मेवारी दिन कन्जुस्याइँ गरिएको गुनासो गरेका छन् । आफुहरु निर्वाचित स्थानीय तहका नेतृत्वले बैठकमा हस्ताक्षर गर्न मात्र सीमित गर्न खोजिएको र ठोस जिम्मेवारी नदिइएको उनीहरुको गुनासो छ ।