सरकारले आगामी वर्षभित्र रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकआपसमा गाभेर एकीकृत प्रसारण सेवा सञ्चालन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।
मानव अधिकार तथा शान्ति समाज, गुल्मीले जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका छन् ।
सरकारले निजगढ विमानस्थलको निर्माण कार्य अगाडि बढाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।
भेरी अस्पतालमा न्यूरो रोग सम्बन्धीका बिरामी बढ्न थालेका छन् । विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले अस्पतालमा कन्सल्टेन्ट न्यूरो सर्जनद्धय डा.अञ्जन सिंह कार्की र डा.सुबोध गौतमले सेवा दिन थालेपछि अहिले दैनिक ४० जना बिरामीले ओपिडीमा सेवा लिइरहेको बताउनुभयो ।
सरकारले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त हुने सहुलियत ऋण ठुला परियोजनामा परिचालन गर्ने भएको छ ।
कपिलवस्तुमा अनुचित लेनदेन (मिटर ब्याज) व्यवहार सम्बन्धमा अन्तरक्रिया तथा सुझाव सङ्कलन गरिएको छ । आयोगका अध्यक्ष गौरी बहादुर कार्कीसहित आयोग सदस्यहरू गणेशबाबु अर्याल, उत्तमराज सुवेदीको उपस्थितिमा सर्वपक्षीय भेलाको आयोजना गरी जिल्लामा मिटरब्याज पीडितका अवस्थाको बारेमा सुझाव लिइएको हो ।
सरकारले निजी क्षेत्रलाई अर्थतन्त्रको साझेदारको रूपमा अघि बढाउने भएको छ ।
सङ्घीय संसदमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम पेस भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज (शुक्रबार) सम्बोधन गर्दै उक्त नीति तथा कार्यक्रम वाचन सुरु गर्नुभएको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा पाल्पाको अध्यक्षमा शुक्रबार माधव अर्याल निर्विरोध चयन हुनुभएको छ । पुनः निर्वाचित हुनुभएका अर्यालको यो दोस्रो कार्यकाल हो ।
पाठ्यक्रम विकास केन्द्र सानोठिमीले पूर्व प्राथमिक तहका पाठ्यपुस्तक स्वीकृति लिएर मात्र पठनपाठन गराउन निर्देशन दिएको छ ।
नवौं संस्करणको सिन्धु कप फुटबल प्रतियोगिता जेठ २८ देखि असार २ गतेसम्म सिन्धुपाल्चोकको लामोसाँघुमा हुने भएको छ ।
सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुति सुरु भएको छ ।
रौतहटलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने उद्देश्यकासाथ ‘खोज र खोप’ कार्यक्रम तीव्र गतिले अघि बढेको छ । उक्त कार्यक्रमले निरन्तरता पाएपछि आगामी असार मसान्तसम्म रौतहटलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने लक्ष्य लिइएको हो ।
आँखाले हेरेकै भरमा रोग निको बनाउँछु भन्दै हिँड्नेलाई कानुन बमोजिम कारबाही गर्न नेपाल चिकित्सक सङ्घले माग गरेको छ।
कीर्तिपुर र मच्छिन्द्रनाथ यात्रासम्बन्धी छ महिने विवादले बिहीबार मध्यराति अन्तिम टुङ्गो पाएपछि आज (शुक्रबार) मच्छिन्द्रनाथका पुजारी कीर्तिपुर पुगी त्यहाँकी अविवाहित महिला (याक: मिसा)लाई प्रसाद दिनुभएको छ ।