कसरी कायम गर्ने वित्तीय स्थायित्व ? १. बिमा भनेको के हो ? बिमाको महत्व उल्लेख गर्दै बिमा व्यवसायलाई नियमित तथा व्यवस्थित गर्न बिमा प्राधिकरणले गर्न सक्ने कुनै दस कार्य प्रस्तुत गर्नुहोस् । मानिसको जीवन, सम्पत्ति वा दायित्वसँग सम्बन्धित जोखिमको आर्थिक भार हस्तान्तरण गर्ने माध्यम नै बिमा हो । यो बिमा गर्ने कम्पनी (बिमक) र बिमा गर्ने व्यक्ति –बिमित) बिच सम्झौताका रूपमा रहेको हुन्छ । कुनै व्यक्ति वा संस्थाले आफ्नो जोखिमको प्रकृति अनुसार निश्चित शुल्क बुझाई तोकिएका सर्तको अधीनमा रही क्षतिपूर्ति प्राप्त
एका बिहानै जग्गानजिकै घर भएका व्यक्तिले तपाईँको जग्गा बिक्री गर्नु भयो कि के हो जग्गा त अर्कै मान्छेले नाप जाँच गरी रहेको छ भनी राजेन्द्र महतो कोइरीलाई मोबाइल फोनमा भने पछि उनलाई सपना जस्तै लाग्यो ।
अब हायर पर्चेज कर्जा प्रवाह गर्ने कम्पनीले आफ्नो नामको पछाडि हायर पर्चेज प्राइभेट लिमिटेड वा लिमिटेड अनिवार्य राख्नुपर्ने भएको छ । बैङ्क तथा वित्तीय संस्थाबाहेक हालसम्म राष्ट्र बैङ्कबाट हायर पर्चेजसम्बन्धी व्यवसायका लागि अनुमति लिएर १० वटा कम्पनीले काम गरिरहेका छन् । नेपाल राष्ट्र बैङ्कले सवारी कर्जा प्रवाह गर्ने कम्पनीहरूलाई नीतिगत कडाइ गर्दै नयाँ व्यवस्था गरेको हो । हायर पर्चेजसम्बन्धी व्यवसाय गर्ने कम्पनीमध्ये चार वटाले मात्रै हायर पर्चेज प्रालि राखेर सवारी कर्जा दिएका छन् । बाँकी छ वटा कम्पनीले इन्भेस्टमेन्ट कम्पनी भनेर नाम दर्ता गरी सवारी कर्जा दिइरहेका छन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
गायक, सङ्गीतकार तथा मोडल मुन थकालीको नयाँ गीत भिडियोसहित सार्वजनिक गरिएको छ । ‘कदम कदम’ बोलको गीतमा मुन थकालीको स्वर तथा सङ्गीत रहेको छ भने महिलाको आवाजमा जिना गुरुङले साथ दिनुभएको छ । प्रेमिल शैलीको गीतमा मुन थकाली र रिया लामा फिचर्ड हुनुहुन्छ ।
‘भ्वाइस अफ नेपाल’ बाट चर्चामा आएका गायक आरिफ रफको आवाज रहेको गीत ‘आउँछौ कि भनेर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बिइ, बिआर्क) तहको प्रवेश परीक्षामा गत वर्षको तुलनामा आवेदन दिने विद्यार्थी धेरै भए पनि अनुपस्थित हुने विद्यार्थीको सङ्ख्या केही बढेका छन् ।
बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्राह्माण्डीय महायज्ञ’ को तयारी थालिएको छ । पवित्र मुक्तिक्षेत्र, शालग्रामबाहिनी कृष्णगण्डकी तट र अन्नपूर्ण, धौलागिरि हिमशृङ्खलाको काखमा अवस्थित प्रसिद्ध पञ्चकोट धाममा मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा आगामी फागुन ९ देखि २२ गतेसम्म सो महायज्ञ गर्न लागिएको हो ।
निर्वाचन आयोगले वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलमाथि आवश्यक कारबाही गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ । डा. पौडेल राजनीतिक दलको सदस्य र दलसम्बन्धी जनसङ्गठनको महासचिव पदमा क्रियाशील रहेको उजुरी परेपछि आयोगले कारबाहीका लागि मन्त्रालयलाई पत्राचार गरेको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
बालबालिकासम्बन्धी ऐन अनुरूप बाल संरक्षण मापदण्ड बनाउनेबारे सरोकारवाला सङ्घ संस्थाले छलफल थालेका छन् । ऐनको दफा ५७ मा विद्यालय, बालबालिकासँग प्रत्यक्ष काम गर्ने प्रत्येक सार्वजनिक निकाय तथा निजी क्षेत्र एवं सामाजिक संस्थाले बालबालिकाविरुद्धको हिंसा वा बाल यौन दुव्र्यवहारको रोकथाम गर्न, बालबालिकाको संरक्षण सुनिश्चित गर्न र उजुरीको तत्काल कारबाही गर्नका लागि संस्थागत तहमा बाल संरक्षण मापदण्ड निर्माण गरी लागु गर्नुपर्ने व्यवस्था छ ।
पूर्वअरनिको यातायात प्रालिका गाडीले काभ्रेका तीन वटा पेट्रोल पम्पमा तेल नहाल्ने भन्दै गरेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । पूर्वअरनिको यातायात प्रालिको कात्तिक ३० गते बसेको बैठकले चामुण्डा आयल स्टोर पाँचखाल, पाँचकुमारी आयल स्टोर २८ किलो धुलिखेल र उग्रचण्डी आयल स्टोर बनेपामा डिजेल नहाल्न भन्दै गरेको निर्णयका विरुद्ध पेट्रोल पम्प सञ्चालकहरूले उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए ।
नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक बुधबार बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले आसन्न महासमिति बैठकको तयारीका सन्दर्भमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारी बैठक दिउँसो १ बजेका लागि आह्वान गर्नुभएको हो । कांग्रेस केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भन्नुभयो, “महासमितिको बैठक आयो, तयारी के कसरी भइरहेको छ भन्ने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो । बैठकअघि विभागका प्रमुख र सदस्यलाई पूर्णता दिने तयारी छ, त्यस विषयमा पनि छलफल हुने छ ।”
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्र अनङ्कित द्वितीय श्रेणी खरिदार वा सोसरहका कर्मचारीको सरुवा आगामी फागुन मसान्तसम्मका लागि स्थगन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा निकायलाई मङ्गलबार परिपत्र गर्दै आगामी फागुन मसान्तसम्मका लागि सरुवा स्थगित गरिएको जानकारी दिँदै कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशनसमेत गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी हुन बुधबार संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गर्ने भएको छ । कोप–२८ मा नेपालको सहभागितासँगै अति कम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्दै छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । युएईको दुबईमा बिहीबार सम्मेलनको उद्घाटन समारोह हुँदै छ । यस वर्षको आयोजक राष्ट्रका रूपमा युएईले अध्यक्षता गर्दै छ । जलवायु परिवर्तनको प्रभावले पीडित बनेका अति कम विकसित तथा साना मुलुकलाई जलवायु परिवर्तन गराउन सघाइरहेका विकसित मुलुकले जलवायु उत्थानशील विकासका लागि आर्थिक सहयोग गर्नुपर्ने र हानिनोक्सानी कोषमा सहज पहुँच दिनुपर्ने पहल नेपाली टोलीले गर्ने छ ।