सर्लाहीको हरिपूर्वा नगरपालिका अहिले ७५३ वटा स्थानीय तह मध्ये भद्रगोल भएको छ । बजेट व्यवस्थापन देखि सेवाग्राहीलाई दिने सेवा प्रवाह समेतमा नगरपालिका व्यवस्थापन कमजोर बनेको हो ।
जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल आज युएई प्रस्थान गर्नुहुने भएको छ ।
जिल्लाको भूजलस्तर घट्नाले महोत्तरीको ग्रामीण भेगमा पानीको सङ्कट देखा परेको छ । केही वर्षअघिसम्म गर्मीयाम लागेपछि देखा पर्ने जल सङ्कटले अब वर्षभरि नै सताउन थालेको गाउँलेको भनाइ छ । धारा इनार सुक्नाले बर्दीबास–१३, बिजलपुरा
वैकल्पिक सहायक राजमार्गको रूपमा रहेको झापाको पाडाजुङ्गी–गौरिगञ्ज सडक खण्डको अलपत्र परेको काम पुन निर्माण सुरु भएको एक सातापछि रोकिएपछि स्थानीयहरू आक्रोशित भएका छन् ।
नेपालको सबैभन्दा ठुलो जुट उद्योगका रूपमा रहेको सोनापुरस्थित अरिहन्त मल्टी फाइबर्स लिमिटेड सामाजिक सुरक्षा कोषबाट सम्मानित भएको छ । मुलुकमा सबैभन्दा बढी रोजगार दिने रोजगारदाताका रूपमा रहेको अरिहन्त जुट उद्योगलाई सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०७९/८० मा उत्पादनमूलक क्षेत्रका रोजगारदातामध्ये मुलुककै उत्कृष्ट रहेको भन्दै सम्मान गरेको हो ।
प्राध्यापकको आन्दोलनका कारण दुई हप्ताभन्दा लामो समयदेखि अवरुद्ध बनेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडाको पठनपाठन नियमित भएको छ । बागमती प्रदेश सरकारको
पाल्पाको एक टोलीले जाजरकोट र रुकुमपश्चिम पुगेर अस्थायी घर तथा टहरा निर्माण गरेको छ । रुकुमपश्चिमका भूकम्प प्रभावितको पुनर्बासका लागि गत मङ्सिर ५ देखि नै पाल्पाको टोलीले घरटहरा निर्माण गरेको हो । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१३, घेत्मामा पाल्पाबाट गएको टोलीले अस्थायी घरटहरा निर्माण गरिरहेको जनाइएको छ । सो टोलीले भूकम्प प्रभावितका लागि १८ वटा घरटहरा निर्माण गरेको पाल्पा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो ।
घरको चुलोचौकोमा सीमित रहने यहाँका स्थानीय महिला नौमती बाजा बजाएर संस्कृति संरक्षणका साथै आर्थिक रूपमा आयआर्जन गर्न थालेका छन् । मेला, पर्व, सभा समारोहमा महिला बाजा बजाएर रकम लिने गर्छन् । गुल्मी मदाने गाउँपालिकामा महिलाको समूहले नौमती बाजा बजाएर अहिले एक दिनको २५ देखि ३५ हजारसम्म आम्दानी गर्न थालेका छन् । छिमेकी पालिकासहित सदरमुकाम तम्घाससम्म यो समूहले आकर्षक नेपाली पोसाकमा सजिएर नौमती बाजा घन्काउने गरेको छ ।
मुसीकोट नगरपालिका–५, थर्पुस्थित डिग्रे साईकुमारी मन्दिरमा हरिबोधिनी एकादशी मेलामा डेढ लाख भक्तजनले दर्शन गरेका छन् । मन्दिर व्यवस्थापन समितिका अनुसार मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाको दिनसम्म पाँच दिन भव्य मेला लाग्ने गर्छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीका अनुसार मङ्सिर ७ गतेदेखि ११ गतेसम्म साईकुमारी मन्दिर परिसरमा डिग्रे मेला सञ्चालन भएको थियो । कर्णालीको प्रसिद्ध, धार्मिक र पर्यटकीय केन्द्रका रूपमा पूजापाठ गर्न र मेला भर्न आउनेको छुट्टै खालको विश्वास रहेको छ । अध्यक्ष केसीले भन्नुभयो, “मनले चिताएको कुरा पूरा हुने विश्वास छ । भक्तजनले सन्तान प्राप्तिको भाका गर्दै पूजा गर्ने गर्छन् । आकर्षक र रमणीयस्थल भएकोले पर्यटकीय गन्तव्य पनि हो ।”
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका सबै विद्यालयका विद्यार्थीलाई व्यावसायिक सिप सिकाउन थालिएको छ । विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागु गरी १२ वटा माध्यमिक विद्यालयमा फरक फरक सिपमूलक तालिम सञ्चालन गरिएको छ । पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत सिलाइकटाइ, इलेक्ट्रिसियन, मोबाइल मर्मत, प्लम्बिङ, ब्युटिसियन, कपाल काट्ने तालिम सञ्चालन गरिएको हुप्सेकोट गाउँपालिकाका शिक्षा अधिकृत माधवराज गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “कक्षा १२ उत्तीर्ण गर्दा विद्यार्थीले केही न केही व्यावसायिक सिप बोकेर निस्किउन् भन्ने नीतिका साथ नयाँ कार्यक्रम लागु गरिएको हो ।”
म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गाको भ्रमणमा आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो ।
मध्यवर्ती क्षेत्रका युवालाई संरक्षण सम्बन्धी प्रशिक्षण दिइएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियानमा आबद्ध युवालाई संरक्षणसम्बन्धी प्रशिक्षण दिइएको छ ।
बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ को तयारी थालिएको छ ।
मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरभित्र भक्तजनले चढाएको भेटी वर्षौंदेखि व्यक्तिको कब्जामा रहेको छ । मन्दिर दर्शन गर्न आएका अधिकांश तीर्थयात्री तथा धार्मिक पर्यटकले मन्दिरभित्र चढाएको पैसा, सुन, जिन्सी तथा बहुमूल्य गरगहना मन्दिरमा रहेका आनी–झुमाको कब्जामा पर्ने गरेको हो । एक दशकअघि तत्कालीन पुनरावेदन अदालत बागलुङले मुक्तिनाथ मन्दिरभित्र भक्तजनले चढाएको भेटी,
पुतली बजार र वालिङ नगरपालिका गए राती भएका दुई छुट्टा छुट्टै दुर्घटनामा तीन जना घाइते भएका छन् । वालिङ १० पाई निज चोकमा ग ६ प ९९९० नं. को मोटरसाइकल र ग १९ प १३३० नं. को स्कुटर एक आपसमा ठक्कर खाएको हो ।