बाँकेका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले शेयर बजारबाट आम्दानी गरेर शुल्क तिर्न थालेका छन् । खास गरी कलेजको व्यवस्थापन सङ्कायको स्नातक तहका विद्यार्थीले शेयरमा लगानी गरेर मनग्य आम्दानी गर्न थालेको उनीहरू बताउँछन् ।
जिल्ला सदरमुकाम खलङ्गाको पर्यटकीय स्थल मल्लरानीको पर्यटन प्रवर्धनका लागि मल्लरानी पर्यटन सडक कालोपत्रे गरिएको छ । सदरमुकाम खलङ्गादेखि मल्लरानीसम्म करिब पाँच किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको हो ।
तनहुँको व्यास नगरपालिका–१४ केशवटार, रुम्सीमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । स्थानीयले देखेपछि अजिङ्गरको संरक्षणका लागि डिभिजन वन कार्यालय तनहुँलाई खबर गरेका थिए ।
विवाहमा गएको एक युवकको कुटपिट गरी हत्या गरेको आरोपमा कैलाली प्रहरीले १४ जनालाई पक्राउ गरेको छ ।
सरकार तेस्रो लगानी सम्मेलनको तयारीमा जुटेको छ । स्वदेशी, विदेशी लगानीकर्तालाई नेपालका आयोजनामा लगानी आह्वान गर्न आउँदो वैशाख ९ र १० गते काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्ने मिति तय भएको छ ।
जङ्गली जनावरले बाली नष्ट पार्न थालेपछि पश्चिम म्याग्दीका विभिन्न स्थानका किसान चिन्तित भएका छन् । मालिका गाउँपालिकाको निस्कोट, देविस्थान, रुम, डाँडागाउँ र धवलागिरि गाउँपालिकाको मुना, मुदी, गुर्जालगायत गाउँका किसानले लगाएको बाली जङ्गली जनावर बँदेल, बाँदरलगायत जनावरले सखाप पार्दा रातभर जाग्राम बस्न थालेका हुन् ।
ताप्लेजुङमा पक्राउ परेका कार्यकर्ता रिहाइको मागसहित पहिचान पक्षधर समूहको हिजोदेखिको बन्दका कारण मेची राजमार्ग आज पनि सञ्चालन हुन सकेको छैन ।
कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी अस्पतालले विपन्न, असहाय र बेवारिसे बिरामीको निः शुल्क उपचार गर्ने भएका छन् ।
रुपन्देहीकै ठुलो गैडहवा तालको प्रचार प्रसार गर्ने उद्देश्यले ताल क्षेत्रमै सांस्कृतिक महोत्सव गर्ने निर्णय गरिएको छ । गैडहवा गाउँपालिकाको सहयोगमा स्थानीय शान्ति युवा क्लबले सांस्कृतिक महोत्सवसहित भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
कात्तिक १७ गते गएको भूकम्पबाट घरबार गुमाएका सर्वसाधारणले कहिले अस्थायी आवास निर्माणका लागि रकम पाउँछन् भन्ने अन्योल कायमै छ ।
भोजपुर, खोटाङ, सोलुखुम्बु र सङ्खुवासभा जिल्लाको सङ्गमस्थल साल्पासिलिछो गाउँपालिका–५ दोभानेमा रहेको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र साल्पापोखरी र सिलिचुङ डाँडाको प्रचारप्रसार तथा उक्त क्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटक प्रवर्द्धनका लागि मेला महोत्सव हुने भएको छ ।
पर्वतको भूमिहीन सुकुम्वासी र दलितहरूको समस्याबारे स्थानीय पालिका गम्भीर नरहेको गुनासो सो समुदायका व्यक्तिले गरेका छन् । स्थानीय सरकारको बेवास्ताकै कारण अहिलेसम्म एक जना भूमिहीनले पनि लालपुर्जा नपाएको गुनासो सो समुदायको छ ।
पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा बुधबार कोशी प्रदेशले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘नीलो’लाई नौ विकेटले पराजित गरेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा कोशीले नीलोविरुद्ध सान्त्वना जित दर्ज गरेको हो ।
आदिवासी थारु समुदायको परम्परा तथा लोकसंस्कृति समेतको संरक्षण गर्ने उद्देश्यले रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा जिल्ला कै ठुलो मानिने कात्तिकेश्वर कुँवर मेला सुरु भएको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूले सात दिनको पारिश्रमिक भूकम्प प्रभावित क्षेत्रका जनताको राहत र उद्धारका लागि दिने निर्णय गरेको छ ।