भारतीय रेलबाट एकै पटक पाँच सय धार्मिक पर्यटक आज (बिहीबार) जनपुरधाम आउदै छ । निजी खर्चमा ४९९ धार्मिक पर्यटक बोकेको भारतीय रेल गत मङ्गलबार साँझ ७ बजे दिल्लीबाट प्रस्थान गरेसँगै आज जनकपुर आइपुग्ने भएको हो ।
पानी नपरेका कारण किसानलाई यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । कतिपय बस्तीमा आकाशे पानीका भरमा रोपाइँ गर्नुपर्ने भएको हुँदा हालसम्म पानी नपरेपछि रोपाइँ ढिलाइ भएको हो । सर्केगाड गाउँपालिका–३, उनापानी गाउँका किसान दाने फडेराले हालसम्म रोपाइँ सम्पन्न हुनुपर्नेमा आधा पनि नसकिएको बताउनुभयो । उहाँले सिँचाइ सुविधा भएका खेत
गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ ।
राजधानी काठमाडौँ र वरपरका क्षेत्रमा जारी तीव्र सहरीकरण तथा जनसङ्ख्याको चाप न्यून गर्न झन्डै दुई दशकअघि काठमाडौंँ उपत्यकाको बाहिरी चक्रपथ निर्माण सम्बन्धमा तयार पारिएको अवधारणाले एक समय निकै चर्चा पाएको थियो । कागजी उच्च चर्चाको लाभ जग्गा कारोबारीले भने राम्रै हात पारे । कागजी रूपमा प्रक्रिया पनि अगाडि बढाइएको धेरै सुनिए पनि काम भने देखिएन ।
प्रत्येक मानवको नैसर्गिक अधिकारलाई थुन्न वा छेक्न खोज्नु भनेको खोलाको बीचमा उभिएर पानीको बहाव रोक्न खोज्नु वा हत्केलाले सूर्यलाई छेक्न खोज्नुसरह हो । यसै मान्यतालाई आत्मसात् गर्दै सन् १८३० देखि महिला दासताविरुद्ध विश्वव्यापी आन्दोलन सुरु भएको पाइन्छ । विशेषगरी औद्योगिक क्रान्तिपछि महिलाको आर्थिक अधिकारको खोजी हुन थालेको हो ।
जैविक सन्तुलन र पर्यावरण स्वच्छताले वातावरण अनुकूल बनाउँछ । वातावरणको अनुकूलताले विकासमा सकारात्मक प्रभाव पार्छ । स्वच्छ वातावरण शासकीय कुशलताको सूचक पनि हो । वातावरणमा ध्वनि, वायु, जल र जलवायु परिवर्तन, वन विनाश र अव्यवस्थित विकास जस्ता क्रियाकलापले असर पारेको छ ।
केही समयदेखि इन्धनको अकाशिँदो मूल्यवृद्धिले हाम्रो मुलुक र आमनागरिकलाई ठूलो समस्यामा फसाइदिएको छ । यो वृद्धि कुन तहमा पुगेर रोकिने हो अनुमान गर्न कठिन छ । नेपाल आयल निगमले दिएको सूचनाअनुसार अझै पनि निगम घाटामै छ ।
कृषिप्रधान मुलुक नेपालमा जनसङ्ख्याको ठूलो हिस्सा यही क्षेत्रमा संलग्न रहेको छ । सबै कृषियोग्य भूमिमा पर्याप्त सिँचाइ सुविधा नहुँदा धेरै किसान आकाशेखेतीमा भर पर्नुपर्ने बाध्यता छ । कहिले कम वर्षा भएर खडेरीको मारमा पर्नुपर्छ भने कहिले अधिक वर्षाले बाढीपहिरोको चपेटा सहनुपर्छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई, कोषाध्यक्षमा रवीन्द्र जोशी र विदेश विभाग प्रमुखमा नविन पाण्डे मनोनित हुनुभएको छ ।
निर्वाचन आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नो प्रचारप्रसार खर्चको विवरण बुझाउन ताकेता गरेको छ।
सुदूरपश्चिम प्रदेश सभाको आज बोलाइएको बैठक स्थगित भएको छ।
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ।
सुनसरीको कोशी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सप्तकोसी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड हरिपुरले सम्मान गरेको छ । बधबार कार्यक्रम गरी नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको हो ।
सुर्खेत दैलेख सडकखण्डको कपासे नजिकै बोलेरो जीप दुर्घटनामा परेको छ।
झापाको बिर्तामोडस्थित बुधबारे हटियाका व्यवसायीलाई विजुलीको मिटर दिनुपर्ने माग राखेर आन्दोलनरत बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्षसहित ११ जनालाई बुधवार इलाका प्रहरी बिर्तामोडको प्रहरीले नियन्त्रणमा लिएको छ ।