अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी खोज्दै हिँड्नुपर्ने बाध्यता छ । पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिकमा भने बर्सेनि विद्यार्थी आफैँ विद्यालय रोज्दै भर्ना गरिरहेका छन् । वि.सं २००६ मङ्सिर २० गते स्थापित उक्त विद्यालय पछिल्लो समय गण्डकी प्रदेशकै ऐतिहासिक विद्यालयमध्येको एक मानिन्छ । पछिल्ला केहीवर्षयता यस विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको आकर्षणका बढिरहेको छ ।
आगामी फागुन २३ र २४ गते सुदूरपश्चिममा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ ।
प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक रिहा गरिएपछि इजरायल र हमासबिचको युद्धविराम बुधबार छैटौँ दिनमा प्रवेश गरेको छ । मध्यस्थकर्ताहरूले दुवै पक्षबिच ‘दिगो’ युद्धविराममाथि जोड दिएका छन् ।
बाँकेको सबैभन्दा बढी दुर्घटना हुने क्षेत्रका रूपमा परिचित कोहलपुर नेपालगन्ज सडकखण्डमा दुर्घटना रोक्नका लागि त्यहाँ रहेका जेब्रा क्रसिङ्गको रङ्गरोगन सुरु गरिएको छ ।
कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सङ्कलन भएको राहत सामग्रीलिएर नेताहरू भूकम्प प्रभावित क्षेत्र तिर गएका छन् । नगरका विभिन्न नागरिकबाट जम्मा गरेको राहत लिएर नेकपा (माओवादी केन्द्र) का नेताहरू त्यसतर्फ गएका हुन् ।
घोडाघोडी नगरपालिका–२ बस्ने २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट मङ्गलबार राति मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका–९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुलसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ ।
पहिचान पक्षधरले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइ गर्न माग राखेर आह्वान गरेको बन्दका कारण ताप्लेजुङमा यातायात र बजार ठप्प भएको छ । बन्दका कारण बुधबार बिहानैदेखि बजार पसल तथा यातायात पूर्णरुपमा ठप्प भएको हो ।
सिन्धुली जिल्लाको मरिण गाउँपालिकाले यो वर्ष विवाह अघि स्नातक तहको पढाई पूरा गरेका किशोरीलाई नगद एक लाख रुपियाँ प्रोत्साह भत्ता दिने भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरेर/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शकै आधारमा उक्त दिन निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
नलगाड नगरपालिका–६ गर्छीनाका जाजरकोट भूकम्पपीडितलाई स्वास्थ्य परीक्षणसँगै औषधि उपलब्ध गराइँदै ।
नेपालको संविधानले राष्ट्रियसभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अङ्गका रूपमा परिकल्पना गरेको छ । जहाँ अल्पसङ्ख्यक, सीमान्तकृत, लोपोन्मुख समुदायको पनि राष्ट्रको शासन व्यवस्थामा सहभागिता गराई समावेशी र लोकतान्त्रिक शासन व्यवस्थाको अपरिहार्यता स्पष्ट्याइएको छ ।
रुकुमपश्चिममा त्रिपालमुनि बस्दै आएका छ जना भूकम्प प्रभावितको मृत्यु भएको छ । आठविसकोट नगरपालिकामा पाँच जना र सानी भेरी गाउँपालिकामा एक जनाको मृत्यु भएको हो ।
पवित्र तीर्थस्थल गोसाईंकुण्डमा पुग्ने धार्मिक यात्रु तथा पर्यटकलाई गुणस्तरीय खाद्य सामग्री मात्र बिक्रीवितरण गर्न आग्रह गरिइएको छ ।