घरको चुलोचौकोमा सीमित रहने यहाँका स्थानीय महिला नौमती बाजा बजाएर संस्कृति संरक्षणका साथै आर्थिक रूपमा आयआर्जन गर्न थालेका छन् । मेला, पर्व, सभा समारोहमा महिला बाजा बजाएर रकम लिने गर्छन् । गुल्मी मदाने गाउँपालिकामा महिलाको समूहले नौमती बाजा बजाएर अहिले एक दिनको २५ देखि ३५ हजारसम्म आम्दानी गर्न थालेका छन् । छिमेकी पालिकासहित सदरमुकाम तम्घाससम्म यो समूहले आकर्षक नेपाली पोसाकमा सजिएर नौमती बाजा घन्काउने गरेको छ ।
मुसीकोट नगरपालिका–५, थर्पुस्थित डिग्रे साईकुमारी मन्दिरमा हरिबोधिनी एकादशी मेलामा डेढ लाख भक्तजनले दर्शन गरेका छन् । मन्दिर व्यवस्थापन समितिका अनुसार मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाको दिनसम्म पाँच दिन भव्य मेला लाग्ने गर्छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीका अनुसार मङ्सिर ७ गतेदेखि ११ गतेसम्म साईकुमारी मन्दिर परिसरमा डिग्रे मेला सञ्चालन भएको थियो । कर्णालीको प्रसिद्ध, धार्मिक र पर्यटकीय केन्द्रका रूपमा पूजापाठ गर्न र मेला भर्न आउनेको छुट्टै खालको विश्वास रहेको छ । अध्यक्ष केसीले भन्नुभयो, “मनले चिताएको कुरा पूरा हुने विश्वास छ । भक्तजनले सन्तान प्राप्तिको भाका गर्दै पूजा गर्ने गर्छन् । आकर्षक र रमणीयस्थल भएकोले पर्यटकीय गन्तव्य पनि हो ।”
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका सबै विद्यालयका विद्यार्थीलाई व्यावसायिक सिप सिकाउन थालिएको छ । विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागु गरी १२ वटा माध्यमिक विद्यालयमा फरक फरक सिपमूलक तालिम सञ्चालन गरिएको छ । पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत सिलाइकटाइ, इलेक्ट्रिसियन, मोबाइल मर्मत, प्लम्बिङ, ब्युटिसियन, कपाल काट्ने तालिम सञ्चालन गरिएको हुप्सेकोट गाउँपालिकाका शिक्षा अधिकृत माधवराज गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “कक्षा १२ उत्तीर्ण गर्दा विद्यार्थीले केही न केही व्यावसायिक सिप बोकेर निस्किउन् भन्ने नीतिका साथ नयाँ कार्यक्रम लागु गरिएको हो ।”
म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गाको भ्रमणमा आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो ।
मध्यवर्ती क्षेत्रका युवालाई संरक्षण सम्बन्धी प्रशिक्षण दिइएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियानमा आबद्ध युवालाई संरक्षणसम्बन्धी प्रशिक्षण दिइएको छ ।
बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ को तयारी थालिएको छ ।
मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरभित्र भक्तजनले चढाएको भेटी वर्षौंदेखि व्यक्तिको कब्जामा रहेको छ । मन्दिर दर्शन गर्न आएका अधिकांश तीर्थयात्री तथा धार्मिक पर्यटकले मन्दिरभित्र चढाएको पैसा, सुन, जिन्सी तथा बहुमूल्य गरगहना मन्दिरमा रहेका आनी–झुमाको कब्जामा पर्ने गरेको हो । एक दशकअघि तत्कालीन पुनरावेदन अदालत बागलुङले मुक्तिनाथ मन्दिरभित्र भक्तजनले चढाएको भेटी,
पुतली बजार र वालिङ नगरपालिका गए राती भएका दुई छुट्टा छुट्टै दुर्घटनामा तीन जना घाइते भएका छन् । वालिङ १० पाई निज चोकमा ग ६ प ९९९० नं. को मोटरसाइकल र ग १९ प १३३० नं. को स्कुटर एक आपसमा ठक्कर खाएको हो ।
राष्ट्रिय खेलकुद परिषद्बाट कहिल्यै क्रिकेट प्रशिक्षक नपाएको कञ्चनपुर राष्ट्रियस्तरमा भने यहाँका क्रिकेट खेलाडीले बनाएको छविले परिचित छ ।
कैलाली पूर्णतया तराईको समथर भूभाग भएको जिल्ला भन्ने धेरैको बुझाइ हुन्छ । यस जिल्लाको ४० प्रतिशत भूभाग पहाडी क्षेत्रमा पर्छ । यहाँका मोहन्याल र चुरे गरी दुइटा गाउँपालिका पहाडी क्षेत्रमा पर्छन् । चुरे गाउँपालिका फलफूल, वनजङ्गलसँगै जडीबुटी र तरकारी उत्पादनको पकेट क्षेत्र मानिन्छ । २०४९ र २०५४ सालमा दुई पटक तत्कालीन खैराला गाविसका अध्यक्ष भइसक्नुभएका चक्रबहादुर बोगटी यस पालिकाको अध्यक्ष हुनुहुन्छ । ५६ वर्षीय बोगटी नेकपा (एमाले) बाट पालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो । प्रस्तुत छ, चुरे क्षेत्रको विकास, चुनौती र सम्भावनाका बारेमा पालिका अध्यक्ष बोगटीसँग गोरखापत्र दैनिकका सुदूरपश्चिम प्रदेश संयोजक प्रकाशविक्रम शाहले गरेको कुराकानी :
पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ घाँसी कुवा, चिसौदींमा रात्रि कालिन बस बुधवार बिहान ५ः५० बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।
जलवायु परिवर्तन विश्वभर पेचिलो विषय बन्दै गइरहेको छ । बढ्दो तापमानको चिन्ताले चिन्तनतिर डो¥याउँदै लगेको मानव समाजलाई विश्व तापमान वृद्धिमा न्यूनीकरण गर्ने चुनौती सामना गर्न अहिले पनि असिनपसिन नै भएको छ । भौतिक विकासको सपना साकार पार्न विगत दुई सय वर्षमा कतिपय मुलुकले दोहन गरेको जैविक ऊर्जा, बेपर्वाह प्राकृतिक स्रोतको दुरुपयोगसमेतले औद्योगिक क्रान्तिमार्फत हासिल गरेको समृद्धि अहिले क्रमशः समग्र जलवायुका निम्ति विश्वलाई महँगो पर्दै गएको
मानिसभित्र निहित ज्ञान, क्षमता, सम्भावना र संवेगलाई सङ्गठनको हितमा उपयोग गरी व्यक्ति सङ्गठन र समाजलाई मूल्य अभिवृद्धि गर्ने काम बौद्धिक पुँजी व्यवस्थापन हो । ज्ञान, जानकारी, सिप, क्षमता, अनुुभव र संवेग जस्ता अमूर्त सम्पत्ति बौद्धिक पुँजी हुन् । यसबाट प्राप्त हुने नतिजा भने मूर्त हुुन्छ । सङ्गठनको लक्ष्य पूरा गर्न, सम्भा
हुन त सन् १९१० मा सालभर्सन नामको प्रतिजैविक (एन्टिबायोटिक्स) औषधीको आविष्कार भएको मानिन्छ । तथापि यसले खास ठुलो क्रान्ति ल्याउन सकेन । मानिसले विश्वास पनि पूरापूर गरेनन् । जब सन् १९२८ मा स्कटल्यान्डका सूक्ष्मजीव वैज्ञानिक अलेक्जेन्डर फ्लेमिङले पेनिसिलिन नामको प्रतिजैविक औषधी तयार गरेपछि मानव जीवन एक नयाँ युगमा प्रवेश गरेको आभास भयो । किनभने त्यसपछि क्रमशः नयाँ यस्ता औषधीहरू बने । जसले मानिसमा हुने सङ्क्रम
१. विश्वव्यापी भोकमरी सूचकाङ्क (जिएचआई)–२०२३ मा नेपाल कति औँ स्थानमा रहेको छ ? ६९ औँ – जिएचआईले १२५ राष्ट्रमा गरेको अध्ययनमा नेपाल ६९ औँ स्थानमा रहेको । अघिल्लो वर्ष नेपाल ८१ औँ स्थानमा रहेको थियो । – यस अध्ययनमा बालबालिकामा हुने कुपोषण, पुड्कोपन, ख्याउटेपन र बालमृत्युदरलाई भोकमरीको सूचक मानिएको । – नेपालमा १५ प्रतिशत जनसङ्ख्याले पेटभर खान नपा