• १२ साउन २०८१, शनिबार

दुर्घटनामा तीन घाइते, दुई गम्भीर

blog

अर्जुन काफ्ले

स्याङ्जा, मङ्सिर १३ गते । पुतली बजार र वालिङ नगरपालिका गए राती भएका दुई छुट्टा छुट्टै दुर्घटनामा तीन जना घाइते भएका छन् । वालिङ १० पाई निज चोकमा ग ६ प ९९९० नं. को मोटरसाइकल र ग १९ प १३३० नं. को स्कुटर एक आपसमा ठक्कर खाएको हो । 

दुई साधन ठक्करबाट स्कुटर चालक वालिङ नपा ९ बस्ने ३४ बर्षीया अमृता खाम्चा र मोसा चालक पुतली बजार ७ ठूलाडिहीका २५ वर्षीय सागर तिमिल्सेना घाइते हुनु भएको हो । 

दुर्घटनामा घाइते खाम्चाको अवस्था गम्भीर रहेको र उहाँको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै  तिमिल्सेनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले बताउनुभयो । 

यस्तै पुतली बजार नगरपालिका ३ मा स्याङ्जाबाट बाड खोला तर्फ जाँदै गरेको लु १ ह ३८१५ नं. को अटो रिक्सा दुर्घटनामा पुतली बजार नपा १ घुम्ती बस्ने ५५ बर्षीया माया पौडेल गम्भीर घाइते हुनु भएको हो । 

ब्रेक लगाउने क्रममा भित्तामा ठोक्किन गई अटो रिक्सामा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते पौडेलको जिल्ला अस्पताल स्याङ्जामा सामान्य उपचार पश्चात् पोखरा शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दुवै दुर्घटनाको थप अनुसन्धान कार्य अगाडी बढाएको रानाले बताउनुभयो ।