निर्वाचन व्यवस्थापन विधेयक २०८० छिटो पारित गर्न सरोकारवाला पक्षले माग गर्नुभएको छ । अवको एक वर्षमा सो विधेयक संसदबाट पारित भइ कानुन नबनेमा आगामी निर्वाचन नयाँ व्यवस्थाअनुसार गर्न सम्भव नहुने उहाँहरुको बुझाइ छ ।
बागमती प्रदेशको राजधानी हेटौँडामा बुधबारदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । बागमती प्रदेश खेलकुद विकाश परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
लुम्बिनी प्रदेश सरकारको गौरवको योजना अन्तर्गत स्थापना गरेर सञ्चालनमा आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयले आफ्ना पहिलो वर्षका पहिलो ब्याचका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम गरेको छ ।
दयपुर जिल्लाको त्रियुगा नगरपालिकाका राजस्व शाखा एवम् प्रमुख नायब सुब्बालाई सरकारी दस्तखत कीर्त्ते गरेको कसुरमा प्रहरीले पक्राउ गरेको छ ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा मानसिक समस्या पहिचान भएका महिलाको सङ्ख्या धेरै रहेको पाइएको छ । भूकम्पपछि प्रभावित क्षेत्रमा विभिन्न सङ्घसंस्थाको सहयोग तथा नगरपालिकाको समन्वयमा मनोसामाजिक परामर्श सेवा सञ्चालन गरिएको थियो । उक्त क्रममा मानसिक समस्या पहिचान भएका महिलाको सङ्ख्या धेरै देखिएको हो ।
पूर्व राष्ट्रपति डा. रामवरण यादवले समाजमा सबै धर्मको सम्मान आवश्यक भएको बताउनुभएको छ । सधैँ धर्मका मानिस मिलेर बसेमात्र समाज रूपान्तरण हुने उहाँको भनाइ छ ।
महोत्तरीको जलेश्वरमा तीन दिनसम्म चलेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकबाट राजनीतिक दस्ताबेजको प्रस्तावना पारित गरिएको छ ।
गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका भोकमरीको जोखिममा रहने संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले चेतावनी दिएको छ ।
कालीकोटको पचालझरना गाउँपालिमा सञ्चालन गरिएको एकीकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य शिविरबाट नौ सय ७० ले सेवा लिएका छन् ।
धनगढी उपमहानगरले ‘नमस्ते मेयर एप’ सञ्चालनमा ल्याएपछि जनगुनासो आउनेक्रम बढेको छ । उपमहानगरले २०८० वैशाख महिनादेखि नगरवासीका गुनासो लिने र सम्बोधन गर्न सुरु गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गर्नुभएको छ।
फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार ४ गते भएको फैसलाको कार्यान्वयन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको छ ।
नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा आसन्न महासमितिको बैठकको तयारी सम्बन्धमा छलफल भएको छ ।
नेपाल पत्रकार महासङ्घ कालीकोट शाखाका सहसचिव कर्ण कुमाललाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।
लागूऔषध (ब्राउन सुगर) हिरोइन मुद्दामा फरार दुई जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।