• १२ साउन २०८१, शनिबार

लागूऔषध मुद्दामा फरार दुई पक्राउ

blog

अर्जुन काफ्ले
स्याङ्जा, मङ्सिर १३ गते । लागूऔषध (ब्राउन सुगर) हिरोइन मुद्दामा फरार दुई जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

पाँच वर्ष जेल र १०/१० हजार जरिवाना तोएिका ३३ वर्षीय विशन गुरुङ र ४४ वर्षीय रेशम थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

गुरुङलाई पुनरावेदन अदालत पोखराले २०६९ असार १७ गते कैद सजाय तोकेका थियो भने २०७६ असार १ गते स्याङ्जा जिल्ला अदालतले सजायको फैसला गरेको थियो ।

कैद सजायको घोषणा भएका गुरुङलाई बुधबार र थापालाई मङ्गलबार घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताउनुभयो ।

पक्राउ परेका दुई जनालाई कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जामा पठाएको रानाले बताउनुभयो ।