स्वास्थ्य र शैक्षिक क्षेत्रका दुईवटा सामुदायिक विकास परियोजनाको निर्माणका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौँस्थित भारतीय राजदूतावासबीच हिजो सम्झौता भएको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले श्रीमतीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई चार महिनापछि पक्राउ गरेको छ ।
डेढ दशकअघि काभ्रेका जनप्रतिनिधि, नेता र सामाजिक अगुवाले कल्पना गरेको आयोजना थियो ‘सुनकोसी–तेस्रो’ जलाशययुक्त आयोजना । त्यसताका संसद्मा, मन्त्रालयमा, सार्वजनिक कार्यक्रममा निरन्तर उक्त आयोजना सञ्चालन गर्न प्रक्रिया थाल्नुपर्ने आवाज बुलन्द हुँदै गएको थियो ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । आज (बिहीबार) संसद भवन बानेश्वरमा प्रतिनिधि सभाको दोस्रो अधिवेशनको छैटौं बैठक सुरु भएको हो ।
शुक्रबार बस्ने राष्ट्रिय सभा बैठकमा संयुक्त समितिमा सदस्यको नाम प्रस्ताव हुने कार्यसूची रहेको छ ।
कानुन, न्याय तथा मानवअधिकार समितिले आफ्नो आन्तरिक कार्यविधि पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समिति बैठकले उक्त आन्तरिक कार्यविधि पारित गरेको हो ।
राष्ट्रिय सभा कार्यव्यवस्था समितिले सरकारले शुक्रबार पेस गर्ने नीति तथा कार्यक्रममाथि तीन दिन छलफल गर्ने भएको छ ।
नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री आनविथ टिभिनेरेइम, विदेश मन्त्रालयका प्रतिनिधिमण्डल र नेपालस्थित नर्वेकी राजदूत टोरन ड्राम्डलसहित दूतावासका उच्च अधिकारीले मेरिस्टोप्स इन्टरनेशनल (एमएसआई) नेपालद्वारा पुतलीसडकमा सञ्चालित एमएसआई केन्द्रको हालै अवलोकन गर्नुभयो ।
पाकिस्तान सरकारले देशमा जारी आर्थिक सङ्कटका कारण विदेशमा रहेका आफ्ना कूटनीतिक नियोग तथा राजदूतावासमा कार्यरत कूटनीतिक कर्मचारीको तलब रोकेको छ ।
मधेश प्रदेश सभाको बैठक आज बस्न लागेको छ । आज दिउँसो २ बजे प्रदेश सभा बैठक बस्न लागेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
तनहुँको व्यास नगरपालिकाका भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा व्यास –८ मलपौरेका ३५ वर्षीय गोरे विक रहेका छन् ।
सम्झौतापत्रमा टानका अध्यक्ष नीलहरि बास्तोला, अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ र दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–१, डुडभन्ज्याङको वडा कार्यालय छ वर्षदेखि विद्यालयबाट चल्दै आएको छ । वडाले सेवाग्राहीलाई सेवा प्रवाह गर्न
दुई वर्षअघि हेलम्बुको भेमाथाङ पहाड सोरिएर आएको भीषण बाढीले मेलम्ची नदीको पक्की पुल बगाएपछि अहिलेसम्म पुल निर्माण हुन सकेको छैन ।
हिमालपारिको जिल्ला मुस्ताङ देखि चल्ने लामो दूरीको यातायातका साधनमा बिहीबारदेखि लागू हुने गरिएको नयाँ भाडा दर कायम गरिएको छ ।