पाठ्यक्रम विकास केन्द्र सानोठिमीले पूर्व प्राथमिक तहका पाठ्यपुस्तक स्वीकृति लिएर मात्र पठनपाठन गराउन निर्देशन दिएको छ ।
नवौं संस्करणको सिन्धु कप फुटबल प्रतियोगिता जेठ २८ देखि असार २ गतेसम्म सिन्धुपाल्चोकको लामोसाँघुमा हुने भएको छ ।
सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुति सुरु भएको छ ।
रौतहटलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने उद्देश्यकासाथ ‘खोज र खोप’ कार्यक्रम तीव्र गतिले अघि बढेको छ । उक्त कार्यक्रमले निरन्तरता पाएपछि आगामी असार मसान्तसम्म रौतहटलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने लक्ष्य लिइएको हो ।
आँखाले हेरेकै भरमा रोग निको बनाउँछु भन्दै हिँड्नेलाई कानुन बमोजिम कारबाही गर्न नेपाल चिकित्सक सङ्घले माग गरेको छ।
कीर्तिपुर र मच्छिन्द्रनाथ यात्रासम्बन्धी छ महिने विवादले बिहीबार मध्यराति अन्तिम टुङ्गो पाएपछि आज (शुक्रबार) मच्छिन्द्रनाथका पुजारी कीर्तिपुर पुगी त्यहाँकी अविवाहित महिला (याक: मिसा)लाई प्रसाद दिनुभएको छ ।
राष्ट्रिय सभाको बैठकले तत्कालीन संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरेको छ । आज (शुक्रबार) बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
ष्ट्रिय सभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ स्वीकृत भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रस्तुत गर्नुभएको सो अध्यादेश सर्वसम्मतिबाट स्वीकृत भएको हो ।
सदरमुकाम सिमकोटमा खानेपानीको हाहाकार बढेको छ । खानेपानीको मुहानमा पानीको श्रोत कम भएपछि घरमा जडान गरिएका धारा सुकेपछि खानेपानीको समस्या बढ्दै गएको हो ।
कैलालीको लम्कीचुहा नगरपालिकास्थित सामुदायिक वनमा वन्यजन्तुले पानी पिउनका लागि कृत्रिम पोखरी निर्माण गरिएको छ ।
बेइजिङ समय शुक्रबार बिहान १०ः५७ मा प्रशान्त महासागरको लोयल्टी टापुमा ७.७ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएको छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन गरेको छ ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाई दृढतापूर्वक अघि बढ्न सरकारलाई आग्रह गर्नु भएको छ ।
निर्देशक बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुन लागेको फिल्म 'देववाणी'को शुक्रबार बिहान राजधानीको भद्रकालीमा मुहूर्त गरिएको छ ।
सिंहदरबारमा गणतन्त्र दिवस २०८० मनाउने विषयमा मूल समारोह समितिको बैठक सुरु भएको छ । शुक्रबार दिउँसोबाट समितिको बैठक सुरु भएको हो ।