• ११ असार २०८१, मङ्गलबार

प्रधानमन्त्री दाहाल युएई भ्रमणमा जानुहुँदै

blog

काठमाडौँ, मङ्सिर १२ गते । जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल आज युएई प्रस्थान गर्नुहुने भएको छ । प्रधानमन्त्री दाहाल बुधवार राति साढे ९ बजे नेपाल एयरलाइन्समार्फत युएईका लागि प्रस्थान गर्नु हुनेछ । 

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २८ औँ सम्मेलन (कोप २८) यही मङ्सिर १४ देखि २६ गतेसम्म युएईको दुबईमा हुँदै छ ।