• ११ असार २०८१, मङ्गलबार

श्रीलङ्काले जलवायु परिवर्तन विश्वविद्यालय स्थापना गर्ने

blog

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे

श्रीलङ्का, मङ्सिर १२ गते । श्रीलङ्काले जलवायु परिवर्तन विश्वविद्यालय स्थापना गर्ने भएको छ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले सन् २०२३ को संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तन सम्मेलन (कोप२८) मा विभिन्न तीन वटा प्रस्ताव प्रस्तुत गर्नुहुने सरकारी सञ्चार माध्यमले मङ्गलबार जनाएको छ ।

सरकारी स्वामित्वको डेली न्युजले उल्लेख गरेअनुसार श्रीलङ्काको मुख्य प्रस्ताव देशमा जलवायु परिवर्तन विश्वविद्यालय स्थापना गर्ने रहेको छ । त्यस्तै अन्य अन्य दुई वटा प्रस्तावहरुमा विकसित देशहरुको गतिविधिबाट असुविधा भएका विकासोन्मुख देशहरुका लागि जलवायु न्याय मञ्चको स्थापना र उष्णकटिबंधीय वर्षावनहरुको लागि ट्रपिकल बेल्ट फोरमको स्थापना गर्ने लगायतका विषय समावेश छन् । गैरसरकारी संस्थाको प्रायोजनमा श्रीलङ्काबाट २० जना युवा प्रतिनिधि सम्मेलनमा सहभागी हुने सरकारी सञ्चार माध्यमले जनाएको छ । रासस