• २७ वैशाख २०८२, शनिबार

राप्रपा केन्द्रीय कार्य समितिको बैठक मङ्सिर २४ र २५ गते काठमाडौंमा बस्ने

blog

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा ।

काठमाडौं, मङ्सिर ११ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक यही मङ्सिर २४ र २५ गते काठमाडौंमा बस्ने भएको छ । राप्रपा अध्यक्ष कमल थापाको अध्यक्षतामा आज (सोमबार) बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।

पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा बृहत राष्ट्रिय मोर्चा निर्माण र भावि आन्दोलनको कार्ययोजना पेश गर्ने निर्णय भएको पार्टीका प्रवक्ता बवन्तमान सिंह अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी, विगतमा राजसंस्था र हिन्दुराष्ट्र स्थापना तथा सङ्घीयता खारेजीको पक्षमा राप्रपा नेपाल मात्र रहेकोमा हाल विभिन्न दल र समूहहरु समेत यो विचार र एजेण्डामा खडा हुनु खुसी र उत्साहको विषय भएको प्रवक्ता अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, वर्तमान अवस्थामा समान विचारधारा र एजेण्डा बोकेका शक्तिहरु विभाजित हुँदा स्वाभाविकरुपले लक्ष्य प्राप्ति कठिन हुन्छ । त्यसर्थ, बृहत् राष्ट्रिय मोर्चा निर्माण वर्तमान समयको आवश्यकता भएको बैठकको ठहर छ ।