• २७ वैशाख २०८२, शनिबार

सभापति देउवाद्वारा केन्द्रीय लेखा समितिमा चार सदस्य मनोनीत

blog

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।

काठमाडौं, मङ्सिर ११ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय लेखा समितिमा सदस्यहरु मनोनित गर्नुभएको छ ।

केन्द्रीय कार्यसमितिको निर्याय बमोजिम सभापति देउवाले दिलिप ढुंगाना (धनुषा), डा. डेविड बस्याल (अर्घाखाँची), रमेश नेपाल (मकवानपुर) र अनन्त कार्की (सिन्धुली)लाई मनोनयन गर्नु भएको हो ।

पार्टीको विधानको धारा ३९ तथा नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ३४ (१)को व्यवस्थाबमोजिमको कार्य गर्ने गरी सदस्यहरु मनोनयन गरिएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख छ ।

केन्द्रीय लेखा समितिका संयोजकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य श्यामकुमार घिमिरे हुनुहुन्छ ।