पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीस्थित मजुवामा ट्रकले ठक्कर दिँदा दुई विद्यार्थीको मृत्यु भएपछि अवरुद्ध पृथ्वीराजमार्ग चार घण्टापछि सुचारु भएको छ ।
भारतबाट भन्सार राजश्व छली गरी नेपाल भित्र्याइएको १२ लाख मूल्य बराबरको अवैध सामान प्रहरीले पक्राउ गरेको छ ।
बनगाड कुपिण्डे नगरपालिकाको सुनौली बजारबाट सल्लीबजार जाँदै गरेको ०२००१ ह १११५ नम्बरको अटो सल्ली रुकुम चौरजहारी सडकखण्डको बनगाड कुपिण्डे नगरपालिका ६ बयलडाँडी नजिकै दुर्घटना भएको हो ।
बर्दिबास नगरपालिकाको लामो प्रयासपछि बर्दिबास अस्पतालमा शव परीक्षण (पोष्टमार्टम) सेवा सुरु भएको छ । सवारी दुर्घटनामा मृत्यु भएको बर्दिबास–३ गौरीडाँडाका ५२ वर्षीय काजी कार्कीको पहिलो शव परीक्षण गरी बुधवारदेखि यो सेवा सुरु भएको हो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अष्ट्रेलियाका सभामुख मिल्टन डिकबिच भेटवार्ता भएको छ । अध्यक्ष तिमिल्सिना र नेपाल भ्रमणमा रहनुभएका सभामुख डिकबिच सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा बुधबार बिहान भेटवार्ता भएको हो ।
काठमाडौँ महानगरपालिकाले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने पिउने पानी वितरण प्रणालीमा प्रक्रिया नै पूरा नगरी बिक्री वितरण गर्ने गरेको पाइएको जनाएको छ ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका –६ लेलेपस्थित घुन्सा खोलको पुल भाँचिदा दर्जनौँ चौँरी घाइते भएका छन् । चरनबाट फर्किएका चौँरी तर्ने क्रममा घुन्सा खोलाको फलामे झोलुङ्गे पुल भाँचिदा दर्जनौँ चौँरी घाइते भएका हुन् ।
जनावरहरूको संरक्षण गर्नाका साथै महत्वका बारेमा जागरूक गराउन हरेक वर्ष अक्टोबर ४ मा विश्व पशु दिवस मनाइन्छ ।
सो कार्यालयले मङ्गलबार भीमसेन थापा गाउँपालिका–१, मसेलका १९ वर्षीय मन्जित बानियाँलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता प्रदान गरी जिल्लामा पहिलोपटक आमाको नामबाट नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो ।
नेपालगन्जमा लागेको ‘कर्फ्यु’का कारण नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको छ ।
इटालीको भेनिसमा बस मङ्गलबार राति दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । मृत्यु हुनेमा दुई जना बालबालिका रहेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत अरूको चरित्र हत्या गरेको आरोपमा गोरखा बजारबाट प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पुर्याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना बोर्ड राख्न निर्देशन दिएको छ ।
ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएपछि अवरुद्ध बनाइएको पृथ्वी राजमार्ग खुलेको छ ।
उत्तरपूर्वी सिक्किम प्रान्तमा भीषण वर्षाका कारण आएको शक्तिशाली बाढीमा २३ सैनिक बेपत्ता भएको भारतीय सेनाले बताएको छ ।