सरकारले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने व्यक्तिलाई तीन वर्ष कैद र तीन लाख रुपियाँ जरिवाना गराउने व्यवस्था गरेको छ ।
कपिलवस्तुमा विद्यालय जान हिँडेका दुई किशोरी तीन सातादेखि सम्पर्कविहीन भएका छन् । जिल्लाको वाणगंगा नगरपालिकाबाट १५ वर्षीया किशोरी बेपत्ता भएका हुन् ।
महेन्द्र लिला माध्यमिक विद्यालय हर्मीमा अध्ययनरत एक शिक्षकको कुटाइबाट श्रवण क्षमता गुमेको छ । कक्षा ६ मा अध्ययनरत ११ वर्षीय अब्जल मियाँ (परियार) को देब्रे कानको जाली फुटेको हो ।
काठमाडौँ सेन्टर फर रिसर्च एण्ड एजुकेसन (केसिआरई) ले चाइनिज एकेडेमी अफ साइन्सेसको सहयोगमा त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान र जल तथा मौसम विज्ञान केन्द्रीय विभाग तथा सम्बन्धित क्याम्पसमा अध्ययनरत स्नातकोत्तर तहका १३ उत्कृष्ट विद्यार्थीलाई शैक्षिक अनुदान पुरस्कार दिएको छ ।
जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध तीन करोड १५ लाख ८१ हजार ६६ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बझाङमा मङ्गलबार गएको भूकम्पका कारण एक जनाको मृत्यु, केही बेपत्ता र दर्जनौँ व्यक्ति घाइते भएको घटनाप्रति दुः ख व्यक्त गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बझाङलगायत प्रदेशका विभिन्न जिल्लाका भूकम्प प्रभावितलाई तत्काल उचित राहतको व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
कपिलवस्तुमा दिदीबहिनीलाई सर्पले डस्दा एकको मृत्यु भएको छ । बाणगंगा नगरपालिका– ९ भलवाडका ३ वर्षीया रितिका क्षेत्री र ८ वर्षीया इशिका क्षेत्रीलाई मङ्गलबार राति सर्पले डसेको हो ।
नेपाल पत्रकार महासङ्घ बाँकेले संयमित भएर सूचना प्रवाह गर्न सञ्चारकर्मीलाई आग्रह गरेको छ । महासङ्घ बाँकेका सचिव कमल डाँगीले बुधबार विज्ञप्ति जारी गर्दै सो आग्रह गर्नुभएको हो ।
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको नमोबुद्धमा सांस्कृतिक शान्ति पदयात्राले थप उत्साह बढाएको छ । नमोबुद्धको महत्व र यसको विशेषतालाई पदयात्राले प्रवद्र्धन गरेको छ । पूर्वाधार विकास निर्माण र प्रचारप्रसारका साथै आफ्नो ठाउँको ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण विकासमा नमोबुद्ध नगरपालिकाले विशेष जोड दिँदै आएको छ । नगरपालिकाले नमोबुद्धको पहिचान, ऐतिहासिक एवम् धार्मिक महत्वका बारेमा प्रचार, संरक्षण, संवद्र्धन र विकासमा निरन्तरता दिँदै आएकामा सांस्कृतिक शान्ति पदयात्राले थप उत्साह बनाएको नगरपालिकाले जनाएको छ ।
प्लास्टिकभित्र रहेको गुन्द्रुकसँगै हरियो सागको तीनपात देखिने ‘लेबलिङ पेपर’ले दमेकका किसानले उत्पादन गरेको जङ्गली बाँकोलाई प्रस्ट चिनाउँछ । एक पटक बाँकोको स्वाद लिएका जो-कोहीलाई लोभ्याउने गरी यहाँका किसानले जङ्गलमा सङ्कलन गरेको बाँकोको गुन्द्रुक ‘लेबलिङ’ र ‘प्याकेजिङ’ गरेर बजारमा ल्याएका छन् ।
अमेरिकी सिनेटका बहुमत नेता चक सुमर र अन्य वरिष्ठ सांसदहरूको आसन्न चीन भ्रमणको बेइजिङले स्वागत गर्ने जनाएको छ । उक्त भ्रमणले चीनका बारेमा उनीहरूको ‘बुझाइ’ बढ्ने आशा गरिएको बेइजिङले बताएको छ ।
सरकारले ल्याउन लागेको सङ्घीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीहरूले बुधबार पनि प्रदर्शन जारी राखेका छन् ।
पर्वतमै पहिलो पटक नागरिकमैत्री हेलिप्याडको निर्माण भएको छ । यहाँको जलजला गाउँपालिकास्थित वडा ४ को भवानीपानी भन्ने स्थानमा नेपाली सेनाको प्राविधिक सहयोगमा हेलिप्याड निर्माण गरिएको हो ।
बढी भुक्तानी रकम लिएको आरोपमा १३ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुट्टा बिल भरपाई बनाएर बढी भुक्तानी रकम लिएको आरोपमा रोल्पाको गङ्गादेव गाउँपालिका-२ घोरानेटी सोलार पम्पिङ खानेपानी निर्माण आयोजनामाथि आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।