खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाले दसैँ– तिहारका लागि सहुलियतमा खाद्यान्न बिक्री गर्नुभएको छ । सर्वसाधारणलाई चाडबाडमा राहत दिने उद्देश्यले लिमिटेडले सहुलियतमा खाद्यान्न बिक्री गर्न लागेको हो ।
इलामको माङसेबुङ गाउँपालिकामा रहेका अव्यवस्थित तथा भूमिहीन परिवारलाई जग्गाको निस्सा प्रदान गरिएको छ । भूमि आयोगको कार्यक्रमअनुसार गाउँपालिकाले दुई हजार पाँचसय ८५ परिवारलाई जग्गाको निस्सा प्रदान गरेको हो ।
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा जारी बैठकमा मन्त्रीहरु र सुरक्षा अङ्गका प्रमुखहरु सहभागी छन् ।
दसैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापनका लागि सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई निर्देशन दिएको छ ।
अविरल वर्षासँगै आएको पहिरोका कारण स्याङ्जाको वालिङका पाँच परिवार विस्थापित भएका छन् । वालिङ नगरपालिका–८ मियालेटोलमा बस्दै आएका पाँच दलित परिवार विस्थापित भएका हुन् ।
सरकारले राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि खारेज गर्ने निर्णय गरेको छ ।
नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्यसमिति प्युठानले प्युठान नगरपालिकाको शिक्षा शाखामा बुधबार तालाबन्दी गरेको छ । प्युठान नगरपालिकाले नगरपालिकाको शिक्षा शाखामा बिधालयबाट शिक्षक काजमा झिकाइ कर्मचारीसरह जिम्मेवारी दिई कामकाजमा खटाएकाले नेविसंघले तालाबन्दी गरेको जनाएको छ ।
काठमाडौँ महानगरपालिका-२६ गोङ्गबु नयाँबसपार्कस्थित ‘द बर्गर हाउस’ मा एक जना युवकलाई अपहरण तथा बन्धक बनाई राखेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ ।
सुदूरपश्चिम प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल भएको छ ।
पछिल्लो एक महिनामा नवलपरासी पूर्वमा डेंगुका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्न थालेपछि सचेतना अभियानमार्फत यसको रोकथाम र न्यूनिकरण अभियान सुरु गरिएको छ ।
मौसविद्ले बिहीबारबाट मौसममा क्रमिक सुधार हुँदै जाने बताउनुभएको छ । जल तथा मौसमविज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार भोलि बिहानबाट मौसममा क्रमिक सुधार हुँदै जानेछ ।
अबरुद्ध कालीगण्डकी करिडोर र दलदले–द्यौबादी बुुलिगँटार सडक ।
पोखरा-३१ लेखनाथ अलैँची कुनास्थित बेगनासतालमा गएराति एक युवा मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवम् प्रहरी प्रवक्ता श्रवणकुमार विकले प्यूठान मलरानी गाउँपालिका-४ का २२ वर्षीय अनिश श्रेष्ठ मृतावस्थामा फेला परेको बताउनुभयो ।
जुम्लाका सामुदायिक विद्यालयहरूमा नमुनाको रूपमा महिनावारी आराम कक्ष निर्माण गरिएको छ । स्थानीय सरकारसँगको समन्वयमा पेस नेपालले हिमा गाउँपालिका, कनकासुन्दरी र सिंजा गाउँपालिकाका विद्यालयमा महिनावारी कक्ष स्थापना गरेको त्यहाँका परियोजना संयोजक हेमराज भट्टाले जानकारी दिनुभयो ।