प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेस नेपाल भ्रमणमा आउनुहुने भएको छ । गत भदौ २९ गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिका भ्रमणमा जानुभएको बेला महासचिव गुटर्रेसलाई नेपाल भ्रमणको निम्तो दिनुभएको हो ।
संयुक्त अरब इमिरेट्स (युएई) का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले बुधबार युएईका अध्यक्ष शेख मोहम्मद बिन जायद अल नाहयानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो ।
दोलखामा भएको ११ किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले काठमाडौँको स्वयम्भूबाट आज थप एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
राष्ट्रिय सुरक्षा परिषद बैठकले अन्तर्राष्ट्रिय, राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणसम्बन्धी समीक्षा गरेको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकले सो समीक्षा गरेको हो ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा सर्पले डसेका दिदीबहिनीको मृत्यु भएको छ । नगरपालिकाको वडा ९ का तीन वर्षीय रीतिका क्षेत्री र ८ वर्षीय इशिका क्षेत्रीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।
रुपन्देहीको लुम्बिनीमा खर्चिलो उपचारका रूपमा रहेको घुँडाको निःशुल्क प्रत्यारोपण गरिएको छ । बुद्धको पहिलो पाइला अन्तर्गत लुम्बिनी क्षेत्रका ३२ जना बिरामीको निःशुल्क घुँडा प्रत्यारोपण गरिएको हो ।
अग्निसाइर कृष्णासवरण गाउँपालिकाको आयोजनामा थारू महिलाले जितिया पर्वको अवसरमा बुधबार ओट्घन ( उपवास बस्ने महिलाले खाने दर) कार्यक्रम आयोजना गरेका छन् ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा सरकारले रोगगारीको अवस्था सिर्जना गर्न नसकेको बताउनुभएको छ ।
नेपाल-भारत प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी)को प्रतिवेदन सार्वजनिक गर्न विज्ञहरूले सुझाव दिनुभएको छ । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा उहाँहरूले दुई देशबिचको सीमा निर्धारण प्रक्रियालाई टुङ्गोमा पुर्याइ आधिकारिकता दिनुपर्ने भनाइ राख्नुभयो ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सामाजिक सद्भाव भड्काउने जोसुकैलाई कारबाही गर्ने निर्णय गरेको छ ।
ताप्लेजुङमा साढे चारसय कुकुर र बिरालोलाई रोविजविरुद्धको खोप र भिटामिन खुवाइएको छ । दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे) को संरक्षण गर्न कुकुर र बिरालोलाई रेबिजविरुद्ध खोप लगाइएको हो ।
सुर्खेत वीरेन्द्रनगर-३ का सुरेश खड्का पूर्णरुपमा दृष्टिविहीन व्यक्ति हुनुहुन्छ । पाँच वर्षको उमेरमा उहाँले आफ्नो दुवै आँखाको ज्योति गुमाउनुपर्यो । सुरेशले सानै कक्षादेखि ब्रेललिपिमा पढ्नुभयो । पढाइमा अब्बल उहाँले ब्रेल लिपिबाटै पढेर सामाजिक कार्यमा स्नातकोत्तर गर्नुभएको छ ।
बझाङ केन्द्रबिन्दु भएर मङ्गलबार गएको भूकम्पका कारण सुदूरपश्चिम प्रदेशभरि पूर्ण र आंशिक गरी ४१० भौतिक संरचनामा क्षति पुगेको छ ।
मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवलाई जिम्मेवारी तोकिएको छ ।
बाँके राष्ट्रिय निकुञ्जबाट चित्तलको मासु र भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । राप्तिसोनारी-२ टिकुलीपुरका ४८ वर्षीय टीकाराम जैसी पक्राउ परेका हुन् ।