• १४ मंसिर २०८१, शुक्रबार

दलदले–बुलिङटार सडकखण्ड बन्द

blog

अबरुद्ध कालीगण्डकी करिडोर र दलदले–द्यौबादी बुुलिगँटार सडक ।

होमराज रानाभाट

गैंडाकोट (नवलपरासी), असोज १७ गते । दुुई दिनदेखि परेको अबिरल बर्षाले पहाडी क्षेत्रमा चल्ने कालीगण्डकी करिडोर र दलदले द्यौबादी दुुबै सडक बन्द भएको छ । 

बर्षापछि आएको पहिरोले सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूुर्वले जनाएको छ । कालीगण्डकी करिडोरको बुुलिगँटार गाउँपालिकाको राजबृक्ष, मचेडाँडा, गैंडाकोट नगरपालिकाको तरगाँ खोला वारि पहिरो गएपछि आज बिहानदेखि सडक अबरुद्ध भएको र सडक अबरुद्ध भएपछि यो बाटो भएर पाल्पा, स्गाग्जा चल्ने सबै यातायात बन्द भएको प्रहरीले जनाएको छ ।  

दुुई दिनदेखि परेको अबिरल बर्षाका कारण कालीगण्डकी करिडोरको चार ठाउँमा र दलदले द्यौबादीको सात ठाउँमा पहिरो जानुुको साथै करिडोरको तरँगा खोलामा बाढी आउँदा यातायात पूुर्णरुपान बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूुर्बका प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताउनुुभयो ।

गैंडाकोटबाट पहाडी बुलिगंटार र बौदीकाली गाउँपालिका हुुँदै पाल्पा–रामपुुर राम्दी, स्याँङ्जा चल्ने कालीगण्डकी करिडोर आज बिहानदेखि र दलदले द्यौबादी हुुदै बुुलिगंटार जोडने पहाडी सडक केही दिनदेखि नै अबरुद्ध भएको छ । 

बर्षाले पहिरो गएपछि आज बिहानदेखि पहाडी क्षेत्रमा यातायातअबरुद्ध हुुन पुुगेपछि यो बाटो भएर हिडने यात्रुुहरुलाई लामो यात्रा तग नगर्न प्रशासनले आग्रह गरेको छ । गैडाकोट हुुँदै बुुलिगंटारको कोटथर, डाडाँझेरी, बुलिगंटार, अर्खला, भारतीपुर, मिथुकरम, डेढगाउँ, रकुवा, रुचागं, नरम, जौबारी, धौबादी हुुँदै पाल्पा, राम्दीसम्म चल्ने दुईवटा सडक एक दर्जन ठाउँमा पहिरो जाँदा अबरुद्ध बनाएपछि अब बाटो सूुचारु हुुन केही समय लाग्ने प्रहरीले जनाएको छ । 

बर्षा निरन्तर भइरहेकाले बाटो मर्मतका लागि केही समय लाग्ने र पानी रोकिएपछि काम थाल्न सकिने देबचुुलीे मोटरबाटो उपभोक्ता समितिका सचिब ढाकाराम भटटराइले बताउनुुभयो । 

उता गैंडाकोट कालीगण्डकी मोटरबाटोमा तीन ठाउँमा ठुूला पहिरो गएको र तरङ्ग खोलामा पुुल बन्न नसक्दा खोला तर्न नै नसकिने भएकाले यातायात बिहानदेखि बन्द भएको छ । यो रुटमा दैनिक दुुईसय बढिको संख्यामा सवारीसाधन गुडने् गर्छ ।