इटालीको भेनिसमा बस मङ्गलबार राति दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । मृत्यु हुनेमा दुई जना बालबालिका रहेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत अरूको चरित्र हत्या गरेको आरोपमा गोरखा बजारबाट प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पुर्याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना बोर्ड राख्न निर्देशन दिएको छ ।
ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएपछि अवरुद्ध बनाइएको पृथ्वी राजमार्ग खुलेको छ ।
उत्तरपूर्वी सिक्किम प्रान्तमा भीषण वर्षाका कारण आएको शक्तिशाली बाढीमा २३ सैनिक बेपत्ता भएको भारतीय सेनाले बताएको छ ।
जिल्ला प्रशासन कार्यालयले सामाजिक सद्भाव बिग्रिने गरी कुनै पनि व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक सञ्चार सामग्रीको प्रचारप्रसार नगर्न नगराउन अनुरोध गरेको छ ।
चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल भारतसँग पराजित भएको छ । भारतसँग नेपाली राष्ट्रिय महिला टोली ३–१ सेटले पराजित भएको हो ।
नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्दै आएको जिल्ला प्रशासन कार्यालय इलाम देशभरिका जिल्ला प्रशासन कार्यालयमध्ये चौंथो भएको छ ।
सो नगरपालिका–१, ६ र १२ का किसानको पाक्नै लागेको धानबालीमा फड्के किराको प्रकोप देखापरेको छ । फड्के किराले पात र डाँठको रस चुसेर खाँदा धानका बोट पाक्न नपाई मर्न थालेका छन् ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कोशी र बागमती प्रदेशका केही स्थान हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भरतपुर भ्रमण वर्षमा विदेशी पर्यटक भित्र्याउन पहल गरिएको छ । सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भ्रमण वर्ष मनाउन लागेको हो ।
नेकपा (माओवादी केन्द्र)ले थालेको तीन महिने विशेष रूपान्तरण अभियानका क्रममा अछाम पुग्नुभएका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज डिलाराम आचार्य एक्कासि बिरामी पर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु भएर भूकम्प र पराकम्प जाने क्रम जारी छ ।
बाजुरामा पनि भूकम्पका कारण आंशिक क्षति भएको छ । बझाङको तल्कोटको आसपास केन्द्रबिन्दु भएर मङ्गलबार गएको भूकम्पका कारण बाजुरामा एक दर्जन घर पूर्णरुपमा भत्किएका छन् भने सयौं घर चिराचिरा परेका छन् ।
हतियार कारोबार गर्ने कैलालीका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१३ का २८ वर्षीय सरोज धानुक रहेका छन् ।