विधिशास्त्रको मान्यता अनुसार कानुनको अज्ञानता क्षम्य हुँदैन । कानुन सबैले जानेकै र पालना गरेकै हुनुपर्ने तथा यसको अवज्ञा गरिएको खण्डमा दण्ड र सजाय हुने परिकल्पना गरिएको छ । त्यस्तै पीडितलाई न्याय र पीडकलाई सजायको समेत कानुनमा व्यवस्था गरिएको पाइन्छ । अनुसन्धान गरिँदा निर्दाेष नपरुन् तथा दोषी नछुटून् भन्ने आदर्श वाक्यलाई हृदयङ्गम गरी अनुसन्धान अधिकृतले हरदम चनाखो हुनुपर्ने मान्यतासमेत रही आएको छ । यो आलेख हालैका दिनमा कसुरजन्य कार्यको अभियोग लागेका तथा विभिन्न अदालतबाट फैसला भई सुधारात्मक अवधि भुक्तान गरिरहेका बालकद्वारा भक्तपुरको ठिमी, पर्साको वीरगन्ज बिर्तास्थि
जाजरकोटमा एउटै आयोजनामा दुई कार्यालयबाट लिएको रकम उपभोक्ता समितिले फिर्ता गरेका छन् । पूर्वाधार विकास कार्यालय जाजरकोटबाट दोहोरो भुक्तानी लिएको १२ लाख ८२ हजार ७ सय २२ रुपैयाँ फिर्ता भएको हो ।
सूचना प्रविधिको विकासले मानिसलाई यति धेरै सहज बनाइदिएको छ कि एउटा मोबाइल फोनमै विश्व भेटिन्छ । प्रविधिकै माध्यमबाट मानिसहरू सामाजिक सञ्जालमा समेत जोडिएका छन् । यस हिसाबले हेर्दा सामाजिक सञ्जालले मानिसको जीवन सहज पनि बनाएको छ तर यसको दुरुपयोगले अति कष्ट पनि दिएको छ । जीवन नै तहसनहस भएको छ, घरपरिवार विछोडिएको छ । सामाजिक सञ्जाल अहिले सूचना वा विचार प्रवाहको सबैभन्दा भरपर्दो माध्यम बनेको छ । यसको दुुरुपयोगले धेरै
१. बलिउड फिल्म नगरीको सबैभन्दा प्रतिष्ठित अवार्ड दादासाहेब फाल्के अवार्ड–२०२३ कसलाई प्रदान गरियो ? अभिनेतृ वहिदा रहमन – अभिनय र नृत्यको खानी वहिदालाई बलिउडमा सुन्दर अभिनेत्रीको उपमा दिइन्थ्यो । – उनले यसभन्दा अघि भारतको राष्ट्रिय फिल्म अवार्ड, फिल्म फेयर अवार्ड, पद्मश्री अवार्ड, पद्म विभूषणलगायत दर्जनौँ पुरस्कार जितेकी ।
भन्सार जाँचपासपछिको परीक्षण विधि १. भन्सार जाँचपासपछिको परीक्षण भनेको के हो ? जाँचपासपछिको परीक्षण किन गरिन्छ ? जाँचपासपछिको परीक्षण गर्नाका फाइदाहरू उल्लेख गर्नुहोस् । भन्सार जाँचपासको क्रममा उपल
चार दिन देखि पर्वतको कुस्मा नगरपालिका ८ समादी खोलाबाट बेपत्ता एक जनाको शव स्याङ्जाको मिर्मीमा फेला परेको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कलाकारहरू राष्ट्रका गौरव भएको बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा आयोजित ‘रातो टिकी’ बोलको गीत सार्वजनिक कार्यक्रममा उहाँले कलाकारितामार्फत कलाकारले देशको मान प्रतिष्ठा बढाउने काम गरेकाले उनीहरू देशको गौरव भएको स्पष्ट पार्नुभयो ।
नेपाल टेलिभिजनमा बिहीबारदेखि ‘प्रारम्भ’ सुरु हुने भएको छ । नेपाल दृश्य र नेपाल टेलिभिजनको सहकार्यमा निर्माण हुन लागेको यो कार्यक्रममा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको विषयमा छलफल र बहस चलाइने कार्यक्रम निर्माताले जानकारी दिएका छन् ।
लगातारको वर्षा बुधवार पनि बिहानै देखि निरन्तर जारी छ । बुधवार दिनभर भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा
सामाजिक सुरक्षा कोषमा योगदान गर्नुपर्ने ३१ प्रतिशत रकम सबै श्रमिकको तलबबाट काट्ने व्रmम बढेको पाइएको छ । सामाजिक सुरक्षा ऐन २०७४ अनुसार योगदानकर्ताको न्यूनतम आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत र रोजगारदाताबाट २० प्रतिशत गरी ३१ प्रतिशत रकम मासिक रूपमा कोषमा जम्मा गर्नुपर्ने भए पनि पछिल्लो समय केही रोजगारदाताले ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट कटाएर पठाउने गरेको पाइएको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज विश्व पशु दिवस मनाइँदै छ । विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने चलन छ ।
मुलुकमा धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम गर्न र आउँदै गरेका चाडपर्वका बेला स्वच्छ बजार व्यवस्थाका लागि सरकारले दुई वटा बेग्लाबेग्लै प्रस्ताव पारित गरेको छ। मन्त्रीपरिषद्को मङ्गलबारको बैठकले ती प्रस्ताव पारित गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रस्तावमार्फत सरकारले वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय तथा साम्प्रदायिक सद्भाव कायम गर्न अपिल गरेको छ। पारित प्रस्तावमा भनिएको छ, “विचार तथा अभिव्यक्ति स्वतन्त्रतालगायतका संविधानप्रदत्त मौलिक हकको सम्मान गर्दै सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई सकारात्मक तथा मर्यादित
वैदेशिक रोजगार विभागले शङ्कास्पद कागजात पेस गरी श्रम स्वीकृति लिएर श्रमिक जापान पठाउने कार्यमा संलग्न १४ वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी निलम्बनमा परेका छन् । विभागका अनुसार जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृति लिएर श्रमिक जापान पठाउने कार्यमा संलग्न भएको पाइएपछि ती म्यानपावरलाई निलम्बन गरिएको हो ।