• १४ मंसिर २०८१, शुक्रबार

जिपसँगै बगेर बेपत्ता पौडेलको शव मिर्मीमा फेला

blog

अर्जुन काफ्ले

स्याङ्जा, असोज १७ गते । चार दिन देखि पर्वतको कुस्मा नगरपालिका ८ समादी खोलाबाट बेपत्ता एक जनाको शव स्याङ्जाको मिर्मीमा फेला परेको छ । बागलुङबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ६२१३ नम्बरको जिप गत १३ गते शनिवार साँझ बगाएको थियो ।

काली गण्डकी गाउँपालिका ७ मिर्मी काली गण्डकी पावर हाउस ड्यामा जिपबाट बेपत्ता कास्कीको अन्नपूर्ण गाउँपालिका ३ नौ डाँडा बस्ने २६ वर्षीय माधव पौडेलको फेला परेको थियो । समादी खोला भूपि शेरचन राजमार्गमा अविरल वर्षाको कारण बाढीले बगाएकोमा पौडेल सोही जिपमा सवार रहनुभएको थियो । 

जिपमा सवार पौडेलकै साथी रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ का ३४ वर्षीय गोपाल बस्यालको शव फेला परिसकेको छ भने बागलुङको ताराखोला गाउँपालिका–३ का ५० वर्षीय डम्बरबहादुर थापा भने अझै पनि बेपत्ता रहनुभएको छ ।