जैविक खेती प्रणालीलाई सहयोग पुर्याउने उद्देश्यले मिचाहा प्रजातिको जलकुम्भी झारबाट कम्पोष्ट मल बनाउन सुरु गरिएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षको सिमसार क्षेत्रमा रहेको जलकुम्भी झारबाट कम्पोष्ट मल बनाउन सुरु गरिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे गहिरो अध्ययन आवश्यक रहेको बताउनुभएको छ ।
तनहुँ जिल्ला अदालतले तनहुँको सदरमुकाम दमौलीमा सञ्चालनमा रहेका दुई मेडिकल सञ्चालकलाई एक/एक लाख रुपियाँ जरिवाना तोकेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक १७ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ७२ को बिन्दुमा कायम भएको हो ।
सुनसरीको नेपाल विद्युत प्राधिकरणमा कार्यरत विर्जु कुमार महतोविरुद्ध सेवाग्राहीसँग २५ हजार रुपियाँ घुस लिएको आरोपपत्र दायर भएको छ ।
विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सुधार हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले अर्धवार्षिक रुपमा सार्वजनिक गरेको प्रतिवेदनमा आयात प्रतिबन्ध हटेको, पर्यटनमा फर्कंदो उत्साह र मौद्रिक नीतिमा क्रमशः बढाइएको खुकुलोपनलगायतका कारणले सन २०२४ मा नेपालको अर्थतन्त्रको वृद्धिदर तीन दशमलव नौ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो ।
खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले नेपालका तीन क्षेत्र भूकम्पीय उच्च जोखिममा रहेको बताउनुभएको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी तुल्याउन निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो औल्याइएको छ ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले श्रीमानको मृत्यु भएपछि आफ्नो जीवन खुशीले बाच्न पाउने महिलाको अधिकारलाई समाजले विस्तारै स्वीकारेको बताउनुभएको छ ।
बझाङमा आजै दुई पटक ठूला र त्यसपछि पनि लगातार पराकम्प गइरहेका छन् ।
चालु आर्थिक वर्षको असोज १५ गतेसम्म सरकारले एक खर्र्ब ६८ अर्ब ९१ करोड रुपियाँ राजश्व सङ्कलन गरेको छ ।
मङ्गलबार दिउँसो गएको भूकम्पबाट बच्न विद्यालयको दुई तलाबाट हामफालेका एक विद्यार्थी घाइते भएका छन् ।
अठार महिनाअघि शिक्षा सेवा आयोगबाट स्थायी शिक्षकमा नाम निकाल्दा शोभा पौडेलका भूईमा खुट्टा थिएनन् । दृष्टिविहीन उहाँलाई जीवन धान्ने आधार पाएको आभास भएको थियो । तर अहिले उहाँलाई शिक्षकको त्यही जागिर निल्नु त ओकल्नु भएको छ ।
पश्चिम नेपालमा आधा घण्टा नबित्दै फेरि अर्को भूकम्प गएको गएको छ ।
पश्चिम नेपालमा भूकम्प गएको छ ।