काठमाडौं, असोज १६ गते । सुनसरीको नेपाल विद्युत प्राधिकरणमा कार्यरत विर्जु कुमार महतोविरुद्ध सेवाग्राहीसँग २५ हजार रुपियाँ घुस लिएको आरोपपत्र दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार ईनरुवा वितरण केन्द्रमा कार्यरत चौथो तहमा कार्यरत महतोलाई विद्युतीय लाइनमा ट्यापिङ गर्नको लागि भन्दै घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो २५ हजार रुपियाँ जरिवाना सजायसमेत हुन मागदाबी भई मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।