नेपाल प्रज्ञा-प्रतिष्ठान, भाषा (मातृभाषा कोश र व्याकरण) विभागले नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको एक सय ५६ औँ जन्मजयन्ती तथा विचार गोष्ठी आयोजना गर्यो । प्रतिष्ठानका कुलपति भूपाल राईले उक्त गोष्ठी शुभारम्भ गर्दै इतिहासको पूनर्लेखनसहित महाकवि सिद्विदास महाजुको व्यक्तित्व र कृतित्वलाई उजागर गर्नुपर्ने आवश्यकता औँल्यउनुभयो ।
नाम्खा गाउँपालिका–५ को तुम्कोटमा कर्णाली नदीमाथि बेलिब्रीज निर्माण भएको छ । कर्णाली नदीमाथि बेलिब्रीज निर्माणसँगै सात घण्टा लाग्ने बाटोमा अब एक घण्टा १५ मिनेटमा छोटिएको छ ।
जैविक विविधता र सिमसार क्षेत्रको रुपमामात्र होइन पर्यटकको गन्तव्य क्षेत्रको रूपमा समेत महत्त्वपूर्ण छ कैलालीको घोडाघोडी ताल ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आम माफीको विरोध गर्नुभएको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र एमसिसी, अमेरिकाका सिइओ एलिस अलब्राइटबिच मङ्गलबार गृह मन्त्रालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको छ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कृषिमा लगानी गरी युवा र उद्योगीलाई आत्मनिर्भर बन्ने वातावरण देशभित्र सिर्जना गर्नुपर्न बताउनुभयो ।
गुल्मीका स्थानीय तहले एक अर्बभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । यस जिल्लाका दुई नगरपालिका र दश गाउँपालिकाले एक वर्षमा एक अर्ब ५३ करोड ७४ लाख ८४ हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको जिल्ला समन्वय समिति गुल्मीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
कर्णाली प्रदेशका दुई वटा विमानस्थलमा गर्ने भनिएको परीक्षण उडान फेरि स्थगित गरिएको छ । कालीकोटको सुनथराली र डोल्पाको मसिनेचौर विमानस्थल गत शनिबार परीक्षण उडान गर्ने भनिएको थियो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका र आसपासको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । जिप्रकाले मङ्गलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।
जापानले मस्कोको अचानक भ्रमण गरेर त्यहाँका उपविदेशमन्त्रीसँग भेट गर्ने एक जापानी सांसदको निन्दा गरेको छ ।
१९औँ एसियाड अन्तगत महिला कबड्डीमा पदक जित्ने सम्भावना बलियो बनाएको नेपाल समूह चरणको दोस्रो खेलमा मङ्गलबार इरानसँग पराजित भएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा सहभागिता र जनवादी गणतन्त्र चीन भ्रमणका बारेमा पार्टीलाई ‘ब्रिफिङ’ गराउनुभएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटा ४२ प्रतिशतले घटेको पाकिस्तान तथ्याङ्क ब्युरो (पीबीएस) ले जनाएको छ ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा सुरु भएको बैठक विद्युत विधेयकलाई पेस गर्ने कार्यसूची रहेको छ ।
पोखरा महानगरपालिका–११ सेती नदीको किनारास्थित रामघाट केही वर्षअघिसम्म गाँजा, चरेसजन्य लागुऔषधको प्रयोग गर्ने दुर्व्यसनीहरूको अखडा जस्तै थियो ।