सङ्घीय अर्थमन्त्री डा. प्रकाशशरण महतले जलेश्वर भन्सारको अनुगमन गर्नुका साथै विविध पक्षबारे जानकारी लिनुभएको छ । जनकपुरबाट साँझ साढे ५ बजेतिर मलिवारा पुग्नुभएका मन्त्री महतले जलेश्वर भन्सार नाकामा निर्माण हुने सुक्खा बन्दरगाह र नेपाल भारत एकीकृत जाँच चौकीबारे जानकारी लिनुभएको थियो ।
म्याग्दीको मालिका गाउँपालिका–४, महभिरको पूरै बस्ती पहिरोको जोखिममा परेको छ । बुधबार राति आएको पहिरोका कारण बस्ती नै जोखिममा परेको हो। बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुई वटा घर भत्किनुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुगेको छ । पहिरोले काले कामी र तुलबहादुर घर्तीको घर भत्किसकेको र १३ घर उच्च जोखिममा परेको वडाध्यक्ष भेजेन्द्रमान पुनले जानकारी दिनुभयो ।
सरकारले एकद्वार प्रणालीबाट एम्बुलेन्स सेवा प्रदान गर्न सुरु गरेको केही वर्षमै एम्बुलेन्स डिस्प्याच सेन्टरको जिपिएस प्रणालीबाट अलग्गिएका छन् । दुई वर्षअघि एकीकृत एम्बुलेन्स तथा पूर्वअस्पताल सेवा सञ्चालिका निर्देशिका, २०७७ जारी गरी सञ्चार प्रणाली र प्रेषण केन्द्र (डिस्प्याच सेन्टर) मार्फत एम्बुलेन्स सेवा सुरु गरिएको थियो । पछिल्लो एक वर्षदेखि धुलिखेल अस्पतालमा रहेको डिस्प्याच सेन्टरमा आबद्ध भएका एम्बुलेन्स जिपिएस प्रणालीबाट बाहिरिएका हुन् ।
ज्येष्ठ नागरिक दिवस मनाइरहँदा घरपरिवारको हेलासँगै सरकारले पनि बेवास्ता गरेको दोलखाका ज्येष्ठ नागरिकले गुनासो गर्नुभएको छ । कानुनमा गरेको व्यवस्था कार्यान्वयनमा नआउँदा थप सुविधा पाउनको सट्टा मन बहकाउने ठाउँसम्म पनि नपाएको गुनासो उहाँहरूको छ ।
पूर्वाधार विकास कार्यालय म्याग्दीमा दरबन्दी अनुसारका जनशक्ति नहुँदा योजना कार्यान्वयनमा समस्या आएको छ। गण्डकी प्रदेश सरकारले आवश्यक जनशक्ति व्यवस्थापन नगर्दा पुराना तथा चालु आर्थिक वर्षमा विनियोजन भएका विकास योजना कार्यान्वयनमा समस्या भएको हो।
थारू महिलाको पर्वका रूपमा छुट्टै विशेषता बोकेको पर्व हो, जितिया । जितिया पर्वलाई थारू समुदायका महिलाले सांस्कृतिक पर्वका रूपमा लिने गर्छन् । नवलपुरका थारू समुदायमा परम्परागत रूपमा नाचिने ‘झाम्टा’ नाचको संरक्षणमा थारू समुदाय जुटेका छन् । जितिया पर्वको अवसरमा नवलपुरमा थारू समुदायका महिला ‘झाम्टा’ गीत गाउँदै नाच्दै जितिया मनाउने प्रचलन रहेको छ । पछिल्लो समयमा ‘झाम्टा’ नाच हराउँदै जान थालेपछि जितिया पर्वको अवसरमा जिल्लामा प्रतियोगितासमेत सञ्चालन गरिएको छ ।
१९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा जितका लागि भारतले नेपाललाई दुई सय तीन (२०३) रनको लक्ष्य दिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चोरी तस्करी र अवैध कारोबार नियन्त्रणमा सघाउ पु¥याउन सुनको कोटा वृद्धि गरेको बताउनुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार मन्त्रालयमा आयोजना गरेको सुनचाँदी व्यवसायीसँगको छलफल कार्यक्रममा मन्त्री रिजालले आपूर्ति व्यवस्था सुनिश्चित भएपछि चोरी पैठारी नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभएको हो । मन्त्रालयको रिफारिसमा नेपाल राष्ट्र बैङ्कले गत सातादेखि दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था भएको छ । त्यसअघि दैनिक १० किलो मात्रै सुन आयात गर्न पाउने व्यवस्था कायम रहेको थियो ।
सिन्धुलीको मरिण गाउँपालिका–२, सिन्दुरेदोभानका नरबहादुर अस्थानीलाई घरमा राष्ट्रिय विद्युत् प्रसारण लाइनको बिजुली बाल्ने धोको बल्ल पूरा भएको छ । वर्षौंदेखि टुकी बत्तीको सहाराले अँध्यारो भगाउँदै आउनुभएका अस्थानीको घरमा गत सातादेखि राष्ट्रिय विद्युत् प्रसारणको बिजुलीले झिलिमिली बनेको छ ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा सञ्चालित ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत छवटा खानेपानी आयोजना सम्झौता गरिएको छ ।
दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा थप चार किलो सुन बरामद भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घले सातै प्रदेशमा प्रदेश सरकारसँगको सहकार्यमा लगानी सम्मेलन आयोजना गर्ने भएको छ । भारत तथा चीनको लगानी भित्र्याउन केन्द्र सरकारसँगको सहकार्यमा भारत तथा चीन केन्द्रित राष्ट्रियस्तरका सम्मेलनहरू आयोजना गर्ने महासङ्घले निर्णय गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला दिनमा देखाएको सक्रियताले देशमा सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई बल पुगेको छ । खास गरी पशुपतिनाथमा चढाइएको सुनको जलहरी र राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भएको भ्रष्टाचार काण्डमा अख्तियारले गरेको अनुसन्धानले जनतामा भरोसा दिएको छ । आराध्यदेव पशुपतिनाथमा चढाइएको सुनको जलहरी काण्डले मुलुकको राजनीति लामो समय तरङ्गित भएको थियो । यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आ
सन् २०३० सम्ममा विश्वका सबै मानिसको पानी तथा सरसफाइमा पहुँच स्थापित गर्ने दिगो विकासको एक प्रमुख लक्ष्य भए पनि संसारका सयमा २७ जना मानिसले अझैसम्म पनि सफा तथा सुरक्षित पानी उपभोग गर्न पाइरहेका छैनन् भने ४३ प्रतिशत जनसङ्ख्या उचित सरसफाइको पहुँचमा छैन । तथ्याङ्क अनुसार विश्वमा करिब दुई अर्ब मानिसले अहिले पनि जीवनयापनको अपरिहार्य आवश्यकताका रूपमा रहेको सफा खानेपानी प्राप्त गर्न सकिरहेका छैनन् ।
सरकारले लामो प्रयासपछि विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संसद्मा दर्ता गराएको छ। संसद्मा दर्ता गराएसँगै विधेयकमाथि सरोकारवालाहरूले विभिन्न माध्यमबाट आ–आफ्ना धारणा राखिरहेका छन् । शिक्षकले त केही दिन विद्यालय बन्द गरेर राजधानीका सडकमा प्रदर्शन गरेर आफ्ना माग पूरा गराउन मन्त्रालयसँग सम्झौता नै गरे । सार्वजनिक शिक्षाको विषय जोडिएकाले हुनु पर्छ, यस विधेयकमा धेरैको रुचि र चासो छ । यति धेरै चासो, चर्चा संसद्मा दर्ता भएको अरू विधेयकमा देखिँदैन । त्यसैले पनि यो विधेयक महìवपूर्ण छ । यति धेरै चासोका रूपमा हेरिएको विधेयकमाथि रहेका केही अस्पष्टता केलाउने प्रयास यसमा गरिएको छ ।