कदम थिएटरको पाङ्वाइला हिममा नाटक ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ मञ्चन हुने भएको छ । दोस्रो विश्वयुद्धताका बर्मामा जापानी सेनाको आक्रमणपछि ज्यान जोगाउन लिखापानी भाग्ने क्रमको नेपाली मूलकाहरूको जीवन भोगाइलाई लिएर साहित्यकार इन्द्रबहादुर राईले कथा लेख्नुभएको थियो । सोही कथालाई नाटकीकरण गरेर रङ्गकर्मी जीवन बरालको निर्देशनमा कदम थिएटरको पहिलो ब्याचका कलाकारले अभिनय गर्दै छन् । कदम थिएटरले गएको जेठ २४ गते देखि रङ्गमञ्चको आधारभूत कार्यशाला सञ्चालन गरेको थियो । सोही कार्यशालाको अन्त्यमा नाटक ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ को मञ्चन गर्नका लागि पूर्वअभ्यास भइरहेको कदम थिएटरका महासचिव कमन देवानले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “नाटक हाम्रै परिवेशको नियति, बाध्यता र दुःखको कथा हो । हामीले भोगेका, भोग्न परेका शरणार्थी व्यथाभित्र कतै न कतै जयमायाहरू बाँचिरहेकै छन् । पूर्वी नेपालका बेलडाँगी, पथरी, शनिश्चरे अझै यी व्यथाका साक्षी छन् ।”
गायिका शर्मिला तामाङको बाल्यकालका साथी सङ्गीसँग यादबारे लेखिएको गीत ‘याद आउँछ आउँदैन’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका तामाङको अफिसियल युट्युब च्यानलबाट दर्शक/श्रोतामाझ आएको याद आउँछ, आउँदैन बोलको गीतमा वनमाराको झुप्पालाई चुङ्गी बनाएको, वनमा काफल, चुत्रो खाँदै गुलेली बोकेर हिँडेको कथा लयमा उतारिएको छ । शर्मिला तामाङ र प्रकाश तामाङ टितुङको स्वर रहेको गीतमा लय/शब्द भने शर्मिला तामाङको रहेको छ ।
काठमाडौँ महानगरपालिकाले वडा नं २६ स्थित देवदास मानन्धर सञ्चालक रहेको न्यू भीम स्टोरलाई रु दुई लाख जरिवाना गरेको छ ।
ब्रबिम बराल, आरुष भट्टराई, सायुरी कँडेल र अक्क्षयनी दाहाल ‘किड्डी फेस अफ दी इयर इन्टरनेसनल २०२३’ घोषित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘किड्डी फेस अफ दी इयर इन्टरनेसनल’ को सातौँ संस्करणमा सिनियर र जुनियर केटा र केटी गरेर चार विजेता चुनिएका हुन् । प्रतियोगितामा जुनियर केटातर्फ ब्रबिम बराल र सिनियर केटातर्फ आरुष भट्टराई विजेता बन्दा जुनियर केटीतर्फ सायुरी कँडेल र सिनियर केटीतर्फ अक्क्षयनी दाहालले उपाधि चुम्नुभयो ।
प्रमुख राजनीतिक दलका पदाधिकारी तथा प्रभावशाली नेताले व्यवस्था र प्रणालीविरुद्धको आवाजबाट सचेत हुन आग्रह गरेका छन्। राजनीतिक परिवर्तन भए पनि त्यसको प्रतिफल जनताले पाउन नसकेकै कारण व्यवस्थाप्रति वितृष्णा फैलाउने काम भइरहेकोमा चिन्ता व्यक्त गर्दै उनीहरूले राजनीतिक दल र नेतृत्व सचेत हुनुपर्ने धारणा व्यक्त गरेका हुन्।
स्वास्थ्य सामग्री उत्पादन, भण्डारण, बिक्री वितरण तथा नियमनको प्रस्तावसहित प्रतिनिधि सभामा गैरसरकारी विधेयक दर्ता भएको छ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले औषधिसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक दर्ता गर्नुभएको छ । प्रतिनिधि सभामा यो कार्यकालमा गैरसरकारी विधेयक यो नै पहिलो हो ।
शिक्षक तथा चिकित्सकको आन्दोलन सेलाउन नपाउँदै स्थानीय तहमा कार्यरत कर्मचारीले पनि सङ्घीय निजामती सेवा ऐनको अपनत्व महसुस गर्ने गरी ऐन जारी गर्नुपर्ने माग राख्दै सडक आन्दोलनमा उत्रेका छन्। सङ्घीय निजामती सेवा विधेयकको मस्यौदामा स्थानीय तहमा कार्यरत कर्मचारीको भावना नसमेटिएको भन्दै कर्मचारी सडक आन्दोलनमा उत्रेका हुन्।
यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार कोरोनाविरुद्धको खोप निर्माणको प्रथप्रदर्शन गर्ने दुई वैज्ञानिकले संयुक्त रूपमा प्राप्त गर्नुभएको छ । वैज्ञानिकद्वय काटालिन कारिको र ड्र भाइस्मानलाई चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो । बिबिसीले जनाए अनुसार दुई वैज्ञानिकले विश्वलाई कोभिड–१९ को महामारीले आक्रान्त पारेका बेला एमआरएनए कोभिड खोप निर्माणका लागि बाटो खोलिदिनुभएको थियो ।
गोरखापत्र दैनिकका पत्रकार चाँदनी हमाल इयु ह्युमन राइट्स अवार्ड २०२३ बाट सम्मानित हुनु भएको छ ।
नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह विजयी हुनुभएको छ । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा उहाँले तीन सय ६९ मत ल्याएर विजयी हुनुभएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका वडा नं. १४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सवइन्जिनियर विजया लक्ष्मी पन्तलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधानले सबै वर्ग र समुदायलाई समेटेको बताउनु भएको छ ।
अन्तर्राष्ट्रिय अहिंसा दिवस अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा प्रदर्शन गरेको छ । प्रदर्शनपछि आयोजित कोणसभामा जनयुद्ध दिवसका दिन दिनेगरेको सरकारी विदा खारेज गर्न पनि माग गरिएको छ ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालमा शान्तिको आवश्यकता रहेको बताउनुभएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकाले तीन दिनसम्म धान नकाट्न किसानलाई आग्रह गरेको छ । असोज १७ गतेसम्म पानी पर्ने सम्भावना रहेकाले धान नकाट्न भन्दै उपमहानगरपालिकाले मोबाइलमा एसएमएस पठाएर किसानलाई सतर्क पारेको हो । साथै, नगर क्षेत्रमा माइकिङसमेत गरेर धान नकाट्न आग्रह गरेको छ ।