• ११ मंसिर २०८१, मङ्गलबार

इयु ह्युमन राइट्स अवार्डबाट हमाल, मिश्र र चौधरी सम्मानित

blog

काठमाडौँ, असोज १५ गते । गोरखापत्र दैनिकका पत्रकार चाँदनी हमाल इयु ह्युमन राइट्स अवार्ड २०२३ बाट सम्मानित हुनु भएको छ ।

सोमबार नेपालस्थित युरोपियन युनियनको राजदूतावासमा आयोजित एक समारोहकाबीच उहाँलाई कदरपत्रसहित सम्मानित गरिएको हो । 

उहाँलाई नेपालका लागि युरोपियन सङ्घका तर्फबाट नेपालका लागि नवनियुक्त राजदूत भेरोनिक लरेन्जोले कदरपत्रसहित सम्मानित गर्नुभएको थियो । राजदूत लरेन्जोले मानव अधिकारको विषय उठान गरेर लेखिएको समाचारको प्रशंसा गर्नुभयो । पत्रकार हमालले लेख्नु भएको ‘हटेन बालविवाह‘ शीर्षकमा खोजमुलक समाचारमार्फत सो अवार्ड जित्नु भएको हो । उहाँ विगत २५ वर्षदेखि निरन्तर पत्रकारिता पेसामा क्रियाशिल हुनुहुन्छ । 

उहाँसहित द राइजिङ नेपालका पत्रकार आशिष मिश्र र कैलालीकी पत्रकार उन्नती चौधरी पनि सो अवार्डबाट सम्माति हुनुभयो । तीनै जना विजेताले पुरस्कार स्वरुप आउँदो साता युरोपको शैक्षिक भ्रमण गर्ने अवसर प्राप्त गर्नु भएको सञ्चार संयोजक अम्बर मैनालीले जानकारी दिनुभयो । 

सम्मानपछि युरोप भ्रमणका विषयमा सूचनामूलक अन्तरक्रियाको आयोजना गरिएको थियो ।