• ११ मंसिर २०८१, मङ्गलबार

‘किड्डी फेस अफ दी इयर इन्टरनेसनल २०२३’ घोषित

blog

काठमाडौँ, असोज १६ गते । ब्रबिम बराल, आरुष भट्टराई, सायुरी कँडेल र अक्क्षयनी दाहाल ‘किड्डी फेस अफ दी इयर इन्टरनेसनल २०२३’ घोषित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘किड्डी फेस अफ दी इयर इन्टरनेसनल’ को सातौँ संस्करणमा सिनियर र जुनियर केटा र केटी गरेर चार विजेता चुनिएका हुन् । प्रतियोगितामा जुनियर केटातर्फ ब्रबिम बराल र सिनियर केटातर्फ आरुष भट्टराई विजेता बन्दा जुनियर केटीतर्फ सायुरी कँडेल र सिनियर केटीतर्फ अक्क्षयनी दाहालले उपाधि चुम्नुभयो ।

त्यस्तै प्रतियोगितामा जुनियर केटातर्फ सम्भव जैन फस्र्ट रनरअप, आर्देन सुवेदी सेकेन्ड रनरअप चुनिँदा सिनियर केटातर्फ भियोम गोयल फस्र्ट रनरअप र आरजय कोइराला सेकेन्ड रनरअप हुन सफल भए । प्रतियोगितामा जुनियर केटीतर्फ सदीक्षा जिसी फस्र्ट रनरअप र राधिका गोयल सेकेन्ड रनरअप बन्दा सिनियर केटीतर्फ सावलिन महर्जन फस्र्ट रनरअप र दृष्टि शाह सेकेन्ड रनरअप बन्नुभयो ।

प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजुले गरेका थिए, भने ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् । कार्यक्रममा चलचित्र कलाकार सङ्घका निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, चलचित्र सेन्सर बोर्डका पूूर्वसदस्य राजेश महर्जनलगायतको उपस्थिति थियो ।