• १३ मंसिर २०८१, बिहिबार

एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह निर्वाचित

blog

निर्वाचित पदाधिकारीहरु । तस्बिर : मुना हमाल

मुना हमाल

सुर्खेत, असोज १५ गते । नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह विजयी हुनुभएको छ । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा उहाँले तीन सय ६९ मत ल्याएर विजयी हुनुभएको हो । 

उहाँका निकटतम प्रतिष्पर्धी मिनबहादुर शाहीले दुई सय ७ मत ल्याउनुभयो । अध्यक्षका अर्का उम्मेदवार प्रकाश रोकायले ४ मत ल्याउनुभयो । यस्तै, उपाध्यक्षमा टेकराज पछाई विजयी हुनुभएको छ । 

उहाँले तीन सय ४२ मत ल्याउनुभयो । हाँका प्रतिष्पर्धी लालबहादुर महतराले एक सय ७६ मत ल्याउनुभयो । सचिवमा धु्रवकुमार शाहीले चार सय ६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी रुद्र शाहीले एक सय ६९ मत ल्याएर पराजित हुनुभयो । 

यस्तै, उपसचिवमा रविन्द्रराज शर्मा र रमेशबहादुर शाही विजयी हुनुभएको छ । शर्माले दुई सय ६६ मत ल्याएर विजयी हुनुभयो भने शाहीले दुई सय ९९ मत ल्याएर विजयी हुनुभयो । 

बुधबारदेखि जारी अधिवेशन आइतबार मतदान भएको थियो । नेतृत्व चयनका लागि सर्वसम्मत सहमति हुन नसकेपछि निर्वाचन भएको हो । निर्वाचनमा छ सय ९ मत खसेको थियो । पदाधिकारीको मतगणना सकिएपछि सदस्यहरुको केही बेरमा मतगणना सुरु गरिने जनाइएको छ । पदाधिकारीसहित ८१ पदमा निर्वाचन भएको थियो । ४८ जना सदस्य निर्विरोध निर्वाचित भएका थिए ।