ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीमा पक्की मोटरेबल पुल बनेपछि यातायात सहज भएको छ । गाउँपालिकाको वडा २ खेजेनिम र वडा ३ लिङ्खिमको सिँवा जोड्नेगरी नदीमा पुल निर्माण भएपछि यातायात सेवा सहज भएको हो ।
काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले महानगर गौरव र स्वर्णिम योजना सञ्चालनका लागि आग्रह गर्नुभएको छ ।
सङ्घीय संसद्, प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।
विगतमा गाउँगाउँमा प्रशस्तै देखिने धान नाच आजभोलि भने कमै देखिन्छ । लिम्बू समुदायमा लोकप्रिय रहेको धान नाच पुस्तालाई हस्तान्तरण हुन नसक्दा सङ्कटमा पर्दै गएको हो ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा निःशुल्क आँखा परीक्षण गरिएको छ । मध्यविन्दु वडा १५ पर्सौनीमा गरिएको शिविरमा पाँचसय बिरामीले स्वास्थ्य जाँच गराएका छन् ।
कठरिया थारु समुदायको पितृपाख सुरु भएको छ । कैलालीसहित विभिन्न जिल्लामा बसोबास गर्ने यो समुदायका मानिसले आफ्ना पितृ, पुर्खाको सम्झनामा १५ दिनसम्म पितृपाख मनाउने गर्छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पछिल्लो समय सञ्चार क्षेत्रमा देखिएका श्रम समस्याप्रति सरकार गम्भीर र संवेदनशील भएको बताउनुभएको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रप्रसाद आचार्यले बालबालिका तथा ज्येष्ठ नागरिकका क्षेत्रमा सबै पक्षले सकारात्मक कार्य गर्नुपर्ने बताउनुभएको छ ।
पश्चिम नेपालकै प्रमुख व्यापारिक केन्द्र र प्रमुख सहर नेपालगन्ज उपमहानगरपालिकालाई सफा र स्वच्छ राख्न ‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियान सञ्चालन गरिएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संविधानको व्यवस्था अनुरूप नै जिल्ला न्यायाधीशहरू नियुक्त गरिएको बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षाका लागि सम्बन्धित निकायबिच समन्वय कायम गरिने भएको छ ।
आफ्ना दुई छोराविरुद्ध नागरिक जालसाजीको मुद्दा सुरु हुँदै गर्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्युयोर्कको एक अदालतमा उपस्थित हुँदै हुनुहुन्छ ।
बागमती प्रदेश सरकारले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक २०८० बागमती प्रदेश सभामा पेस गर्ने भएको छ ।
मुठ्ठीदानमार्फत ‘नेपालमा साइकल कानुन’ निर्माण र ‘साइकल संस्कृति अभियान’लाई सघाउन ‘चित्रकलामा साइकल संस्कृति’ कार्यशाला सम्पन्न भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज परिसूचक पाँच दशमलव १९ अङ्कले बढेर एक हजार नौ सय ७६ दशमलव २९ अङ्कमा कायम भएको हो ।