• ४ पुस २०८१, बिहिबार

महानगर गौरव र स्वर्णिम योजना सञ्चालनको कार्यविधि बनाउन आग्रह

blog

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी ।

काठमाडौं, असोज १५ गते । काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले महानगर गौरव र स्वर्णिम योजना सञ्चालनका लागि आग्रह गर्नुभएको छ ।

काठमाडौँ प्लाजामा बसेको सिनियर म्यानेजमेन्ट टिम (एसएमटी) मा विभागीय प्रमुखबाट अहिलेसम्मको प्रगति जानकारी लिएपछि काममा थप सहजता ल्याउन उहाँले कार्यविधिको बाटो अवलम्बन गर्न बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “एक पटक सञ्चालन गर्नुपर्ने कार्यक्रमका लागि नीतिगत निर्णय भए पुग्छ । एउटै प्रकृतिको काम लामो समयसम्म चलाइराख्नु पर्ने भए कार्यविधि आवश्यक पर्छ ।”

प्रशासन विभागका प्रमुख दीपक अधिकारीले आफू मातहतका कर्मचारीलाई काममा लगाउने दायित्व विभागीय प्रमुखको रहेको बताउनुभयो । कतिपय कामका लागि जनशक्ति नपुगेको उहाँको भनाइ छ ।

सूचना प्रविधि विभागका प्रमुख महेश काफ्लेले अनलाइन टिप्पणीका लागि डिजिटल हस्ताक्षर प्राप्त हुनासाथ प्रक्रिया अगाडि बढ्ने बताउनुभयो । बैठकमा सहभागी विभागीय प्रमुखहरूले सात दिनभित्र प्रणालीमा जान सकिने धारणा राख्नुभएको थियो ।