नेपालमा विधिवत रूपमा १९९४ सालमा नेपाल बैङ्क लिमिटेडको स्थापनाबाट सुरु भएको बैङ्किङ व्यवसाय चालिसको दशकसम्म आउँदा तीन वटा सरकारी स्वामित्व रहेका बैङ्क, नेपाल औद्योगिक विकास निगम र नेपाल राष्ट्र बैङ्कमा सीमित रहेको देखिन्छ । आर्थिक उदारीकरणको लहरसँगै निजी क्षेत्रका बैङ्कहरू चालिसको दशकपछि स्थापना हुन थाले । विगतलाई फर्केर हेर्दा ३२ वटा वाणिज्य बैङ्क, ९० वटा विकास बैङ्क, ७८ वटा वित्त कम्पनी, ९१ वटा लघुवित्त र एउटा इन्फाइस्ट्रक्चर डेभलपमेन्ट बैङ्क सञ्चालनमा रहे ।
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकारयाम सुरु भएको छ ।
स्वदेशमा आफ्नो भविष्य अनिश्चित देखेपछि हिजोआज नेपाली युवाले विदेश पलायनलाई उपयुक्त विकल्पका रूपमा रोज्ने गरेको पाइन्छ । पछिल्लो समयमा दैनिक सरदर दुई हजार पाँच सयभन्दा बढी युवा उच्च शिक्षा र रोजगारीका लागि विदेश उड्न थालेका छन् । गएको आर्थिक वर्षमा मात्रै रोजगारी र अध्ययनका लागि करिब नौ लाख युवा विदेश पलायन भएका छन् । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा रोजगारीका लागि सात लाख ७५ हजार युवा विदेश पुगेका छन् । त्यसै गरी गत वर्ष एक लाख १० हजार नेपाली विद्यार्थी अध्ययनका लागि बिदेसिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्कमा उ
१९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना (एमसिसी) को अनुदानमा नेपालले अगाडि बढाएको प्रसारण लाइन र सडक निर्माणमा सरकारले पूर्ण सहयोग गर्ने बताउनुभएको छ । कुल ३१५ किलोमिटर लामो (नाङ्लेभारे–रातमाटे–हेटौँडा–दमौली–न्यु बुटवल) प्रसारण लाइन तोकिएको समयमा नै सम्पन्न गराउन सरकारले जिम्मेवारीका साथ काम गर्ने बताउनुभएको हो ।
नेपाल राष्ट्र बैङ्कले एक सय दरभन्दा ठुला दरका भारतीय नोट साथमा राख्न, ओसारपसार तथा कारोबारमा प्रतिबन्ध गरेको सूचना सार्वजनिक भएपछि स्थानीय समस्यामा परेका छन् । झुलाघाट नाकामा भने भारतीय रुपियाँ साट्ने सटही काउन्टर २३ वर्षदेखि बन्द छ । काउन्टर बन्द हुँदा नेपाली मुद्रा साट्न चर्को कमिसन दिनुपर्ने बाध्यता बनेको स्थानीय बताउँछन् ।
खेतबारी, कुलो तथा बस्तीमा भेटिएका कछुवा, गोहोरो, गोही, जङ्गली हाँसलगायतका जीवजन्तुको सिकार गर्ने स्थानीयवासी पछिल्लो समयमा भने तिनको संरक्षणमा जुटेका छन् । कैलालीको घोडाघोडी सिमसार वरपरको बस्ती, खेतबारीमा पुगेका गोही, कछुवालगायतलाई स्थानीयले उद्धार गरी सुरक्षित बासस्थान घोडाघोडी तालमा ल्याएर छाड्ने चलन बढ्दै गएको छ । गत हप्ता घोडाघोडी नगरपालिका–४, मैतुवामा सिमसार क्षेत्रमा पाइने जङ्गली हाँसका १० वटा बच्चा फेला परेका थिए । स्थानीय रमेश चौधरीले ती बच्चालाई सुरक्षित रूपमा घोडाघोडी तालमा छाड्नु्भएको छ । त्यसको भोलिपल्ट हाँसको माउसमेत फेला पारेका चौधरीले माउलाई समेत सिमसार क्षेत्रमा छाड्नुभएको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले युवा जनशक्तिलाई दक्ष र सिपयुक्त बनाउन प्रदेश सरकार हरदम लागि परेको बताउनुभएको छ । बेराजगार युवालाई सिपमूलक तालिम प्रदान गर्न धनगढी उपमहानगरपालिकाले फूलबारीमा भोकेसनल स्कुल स्थापना गर्न आयोजना गरिएको सम्झौता हस्तान्तरण कार्यक्रममा मन्त्री साउदले सो कुरा बताउनुभएको हो ।
अधिकार क्षेत्र बाहिर गई बिरामीलाई भर्ना गरी उपचार गरेको अभियोगमा पक्राउ परेका तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक जरिवाना रकम तिरेर रिहा भएका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा स्वस्थकर प्रतिस्पर्धा जरुरी रहेको बताउनुभएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले वल्र्ड इन्भेस्टर विक–२०२३ का अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा उहाँले सर्वसाधारणको लगानी सुरक्षित गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
साहित्यकार कल्पना पौडेल ‘जिज्ञासु’ द्वारा लिखित कथासङ्ग्रह ‘कचहरी’ को परिचर्चा तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकालले कार्यक्रमको उद्घाटन गर्दै साहित्यकारहरूले कोरा कल्पनाभन्दा समाजका कुरा लेख्नुपर्ने बताउनुभयो । उहाँले पात्र, परिवेश र विषयवस्तुको सुन्दर समायोजन गरी लेखनमा कला मिसाउन सके स्तरीय सिर्जना हुन सक्ने विचार व्यक्त गर्दै कथाकार कल्पना पौडेल ‘जिज्ञासु’ का कथामा भुइँमान्छेका दुःख र पीडा समेटिएको बताउनुभयो ।
नेपालीका ठुला चाडपर्व (दसैँतिहार र छठ) मा चिनी अभाव नहुुने सरकारले जनाएको छ । बजारमा लगभग ५० हजार टन चिनी मौज्दात रहेकाले तत्कालै चिनीको अभाव नहुने बताइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको मूल्य विषयमा अध्ययन गर्न विभागका निर्देशकको नेतृत्वमा गठित तीन सदस्यीय समितिको प्रारम्भिक प्रतिवेदनमा सोबारेमा उल्लेख गरिएको हो ।
कदम थिएटरको पाङ्वाइला हिममा नाटक ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ मञ्चन हुने भएको छ । दोस्रो विश्वयुद्धताका बर्मामा जापानी सेनाको आक्रमणपछि ज्यान जोगाउन लिखापानी भाग्ने क्रमको नेपाली मूलकाहरूको जीवन भोगाइलाई लिएर साहित्यकार इन्द्रबहादुर राईले कथा लेख्नुभएको थियो । सोही कथालाई नाटकीकरण गरेर रङ्गकर्मी जीवन बरालको निर्देशनमा कदम थिएटरको पहिलो ब्याचका कलाकारले अभिनय गर्दै छन् । कदम थिएटरले गएको जेठ २४ गते देखि रङ्गमञ्चको आधारभूत कार्यशाला सञ्चालन गरेको थियो । सोही कार्यशालाको अन्त्यमा नाटक ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ को मञ्चन गर्नका लागि पूर्वअभ्यास भइरहेको कदम थिएटरका महासचिव कमन देवानले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “नाटक हाम्रै परिवेशको नियति, बाध्यता र दुःखको कथा हो । हामीले भोगेका, भोग्न परेका शरणार्थी व्यथाभित्र कतै न कतै जयमायाहरू बाँचिरहेकै छन् । पूर्वी नेपालका बेलडाँगी, पथरी, शनिश्चरे अझै यी व्यथाका साक्षी छन् ।”