नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्तले सरकार जनताप्रति भन्दा आफ्नो दल र नेता, कार्यकर्ताप्रति बढी उत्तरदायी हुँदा जनअपेक्षाअनुसारको काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।
गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको अमेजन वर्षावनमा गत साता एक सयभन्दा बढी डल्फिन मरेका छन् । विज्ञहरूले पानीको तापक्रम उच्च भएकाले अझ धेरै डल्फिन मर्न सक्ने बताएका छन् ।
कुशे गाउँपालिका–८ चाल्चामा सौर्य मिनिग्रेट निर्माण गरिने भएको छ । केन्द्रीय प्रसारण लाइन तत्काल पुर्याउन नसक्ने ठाउँमा विद्युतीकरण गर्ने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले कुशे–८ चाल्चामा सौर्य मिनिग्रेट निर्माण हुन लागेको बताउनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि स्थगित भएको बागमती प्रदेश सभाको बैठक आज (मङ्गलबार) दिउँसो २ बजे बस्ने गरी तय भएको छ ।
तनहुँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिक रूपमा थालेको ड्रागन फलको खेतीबाट पहिलो वर्षमै राम्रो आम्दानी भएको छ ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्राङ्गारिक कृषि उत्पादनबाट पर्यटन प्रवर्द्धन गर्न सकिने बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्दैछ । एक महिनाभन्दा बढी समयपछि मङ्गलबार प्रदेश सभाको बैठक बस्न लागेको हो ।
महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष (सो¥हश्राद्ध) सुरु भएपछि सन्तान हुने मिथिलानी (मिथिलाका नारी) जितिया पर्वका लागि तयारीमा जुटेका छन् । यस वर्ष यो पर्व यही असोज १९ गते शुक्रबार परेको छ ।
रुरु जलविद्युत परियोजनाले लगानी जुटाउन पहल थालेको छ । कर्णाली प्रदेशको हुम्लामा प्रस्तावित दुई वटा जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउन पहल थालिएको हो ।
जिल्लामा आम्दानीको मुख्य स्रोतको रूपमा रहेको जडीबुटीको सङ्कलन कार्य सुरु भएको छ । सामुदायिक बनले जडीबुटी सङ्कलन कार्य फुक्का गरेसँगै स्थानीयले सङ्कलन गर्न सुरु गरेको हो ।
रेसुङ्गा नगरपालिका–३ का बाख्रापालक कृषक नवीन बस्नेतले वास्तविक कृषक पहिचान गरी किसान सूचीकरण गर्न आग्रह गर्नुभएको छ ।
असोज १० गते बिहान राति भारी वर्षासँगै गाउँ माथिबाट खसेको पहिरोले म्याग्दीको महभिरमा तीन घरपरिवार विस्थापित भएका छन् भने १९ घर उच्च जोखिममा रहेका छन् ।
बिस्तारै बजार सुनसान हुँदै जाने र आर्थिक हिसाबमा सुधार गर्न आवश्यक देखिएपछि यहाँका महिलाहरूको सामूहिक प्रयासमा नेवारी परिकारको स्वाद लिन पाउने गरी पाहुना खाजा घर सञ्चालनमा ल्याएका छन् ।
विवेकशील साझा पार्टीको कोशी प्रदेश अध्यक्षमा सुदन श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
शान्ति र सद्भावको अपिल सहित नेपालगन्जमा मङ्गलबार बिहान सद्भाव र्यालीको आयोजना गरिएको छ ।