अविरल वर्षाको कारण म्याग्दीका मुख्य सडकहरू अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेर जिल्लाभित्रका मुख्य सडक अवरुद्ध बनेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अलब्राइटले भेटवार्ता गर्नुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा औद्योगीकरण गर्न थप लगानीको खाँचो औँल्याउँदै यसका लागि राष्ट्रिय पुँजी सञ्चय गर्नुपर्ने बताउनुभएको छ ।
यदि साँच्चिकै कुहिरो अनि बादल कपास् भैदिएको भए !
बाँकेको डुडुवा गाउँपालिका-२ स्थित अमृत महिला समूह र विकास महिला समूहमा आबद्ध २४ जना विपन्न महिलाहरूलाई बाख्रा वितरण गरिएको छ ।
सकिएको छ जसको जीवनको गतिशीलता सकिएको छ जसको आलोचनात्मक चेतना सकिएको छ जसको युगीन वैचारिक सामथ्र्य
गोरखा नगरपालिका र गोरखा अस्पताल सेवा प्रवाहमा गण्डकी प्रदेशमा उत्कृष्ट भएका छन् ।
शुक्रबार तामझामका साथ भरतपुर महानगरपालिकाले नारायणगढ बजार क्षेत्रमा रोपेको बिरुवा राति स्थानीयले उखेलेका छन् ।
अधिकांश कपाल काट्ने व्यवसाय हजामले नै गर्ने गर्छन् तर हिजोआज पहाडी जिल्लाहरूमा स्थानीय युवाहरुनै यो व्यवसायमा तल्लीन हुन थालेका छन् । आम्दानी राम्रो हुने भएपछि युवाहरू यो व्यवसायमा लाग्न थालेका हुन् ।
नेपालमा विज्ञापन क्षेत्रका जानकार एवं व्यवसायी निर्मलराज पौडेलको पुस्तक ‘वेलकम आरोह अवरोह’ सार्वजनिक भएको छ ।
मनसुन बाहिरिने समय नजिकिएसँगै वर्षा कम हुँदै गएपछि किसानले हिउँदे तरकारी र अन्य बालीका लागि जमिन तयार पार्न थालेका छन् । तराईमा छिटो तयार हुने जातको धान काट्न सुरु भइसकेको छ । धान निकालेपछि खेतमा किसानले हिउँदे तरकारी लगाउँछन्
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले मानसिक स्वास्थ्य प्रवर्धनका विषयमा ध्यान दिन जरुरी रहेको बताउनुभएको छ। मन्त्री पोखरेलले मानसिक स्वास्थ्यको समस्या समाजमा बढ्दै गएको चर्चा गर्दै यस्ता समस्यालाई न्यूनीकरण गर्न सरकारले प्राथमिकता दिने बताउनुभयो ।
दाङ जिल्लामा नदीजन्य पदार्थको उत्खनन गर्न ठेकेदार कम्पनीलाई नदिइने भएको छ । नदीजन्य पदार्थको चोरी तथा अवैध उत्खनन रोक्नका लागि जिल्लाका १० वटै स्थानीय तहले आफैँ घाटगद्दी गरेर ठेक्का लगाउने निर्णय गरेका छन् । अवैध उत्खनन र चोरी निकासी बढेपछि त्यसलाई नियन्त्रण गर्न स्थानीय तहले आफैँ उत्खनन गरेर घाटगद्दी गर्ने र घाटगद्दीबाटै ठेक्का लगाउने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले जानकारी दिनुभएको छ ।
ताप्लेजुङको पाथीभरा सडकअन्तर्गत सुकेटारबाट काफ्लेपाटीसम्मको खण्ड कालोपत्र गर्ने कामको ठेक्का लागेको दुई वर्ष बितिसकेको छ । लाखौँ तीर्थयात्री आवतजावत हुने सो सडकखण्डमा कालोपत्र गर्न ठेक्का लागेको दुई वर्षसम्म पनि कामको प्रगति भने निराशाजन रहेको छ ।
नेकपा (एकीकृत समाजवादी) ले थालेको समाजवादी जागरण अभियान इनरुवा आइपुगेको छ । पूर्वप्रधानमन्त्रीहरू पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल एकसाथ इनरुवा आइपुग्नुभएको हो । पार्टी र समाजवादी मोर्चाको आवश्यकता, औचित्य र नागरिकको भावनाबारे जानकारी लिन र दिन थालिएको अभियानमा दुई पूर्वप्रधानमन्त्री एकसाथ इनरुवा आउनुभएपछि यहाँ उत्साह छाएको छ । पार्टीको बारेमा जनतालाई जानकारी गराउँदा रोजगारी, शिक्षा, स्वास्थ्य, सडक, सञ्चार र खानेपानीको माग उठिरहेको र त्यसको सम्बोधनमा पार्टीले पहल गर्ने उहाँहरूले बताउनुभएपछि नगरवासीमा उत्साह देखिएको थियो ।