भूकम्पले क्षति पुगेको दोलखाको शैलुङ गाउँपालिका–५, काटाकुटीमा निर्माण भएको स्वास्थ्य चौकी भवन हस्तान्तरण गरिएको छ । भारत सरकारको एक करोड ७३ लाख रुपियाँ लगानीमा निर्माण भएको उक्त स्वास्थ्यचौकी भवन हस्तान्तरण गरिएको वडाध्यक्ष एवं व्यवस्थापन समिति अध्यक्ष दिलकुमार तामाङले जानकारी दिनुभयो । डेढतले भवनमा तल्लो तलामा १० र माथिल्लो तलामा पाँच गरी १५ कोठा रहेका छन् ।
दाङको गढवा गाउँपालिका–१, पत्रिङ्गा निवासी राजकुमार थारू कुमाललाई विगतमा जस्तो आफैँ माटो मुछ्ने, माटोका सामग्री बनाउँदा चक्का हातले घुमाउनुपर्ने र बनाएका भाँडा पकाउन दाउरा खोज्नुपर्ने समस्या छैन । परम्परागत पेसालाई आधुनिकीकरण गर्ने उद्देश्यले प्रदेश तथा स्थानीय सरकारले माटो मुछ्ने मेसिन, सामग्री बनाउन चक्का घुमाउने मोटरसँगै बनाएका भाँडा पकाउन आधुनिक भट्टी निर्माण गरिदिएपछि पछिल्लो समय माटोका भाँडा बनाउने काममा सहज भएको राजकुमार बताउनुहुन्छ ।
सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।
मेलम्ची बाढीले बगाएको फट्टेको मोटरेबल पुल तीन वर्ष बित्दा पनि निर्माण हुन सकेको छैन । मेलम्ची नगरपालिका–११ र ७ लाई जोड्ने पक्की पुल निर्माण नभएपछि उक्त स्थानमा ह्युमपाइप राखेर सवारीसाधन सञ्चालन गर्न थालिएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलमा गएको छ ।
कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बाङ्गेसिमलदेखि दैलेखको साङ्गेतडासम्मका साँघुरा मोड फराकिलो बनाइने भएको छ। पेट्रोलियम पदार्थ अन्वेषणका लागि ठुला उपकरण ल्याउनुपर्ने भएपछि मोड सुधार गर्न लागिएको हो। सरकारले अन्तिम चरणको पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरेको छ।
ताप्लेजुङमा राष्ट्रिय परिचयपत्र धमाधम वितरण भइरहेको छ । नाम दर्ता भएको करिब तीन वर्षपछि यहाँ राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको हो ।जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार २०७७ साउन १३ देखि राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता सुरु गरिएको थियो । राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गरिएको तीन वर्षपछि भर्खरैदेखि परिचयपत्र वितरण गर्न सुरु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
खराब मौसमका कारण कैलालीका किसानलाई धान भित्र्याउन समस्या भएको छ । खेतमा धान पाकेको बेला मनसुन फेरि सव्रिmय भएपछि समस्या भएको गुनासो किसानको छ । जिल्लाका सबै क्षेत्रमा धानबाली पाकेर काट्ने बेला भएको छ तर पानी पर्न थालेपछि ढुक्क भएर धान काट्न र भित्र्याउन समस्या भएको छ । कतिपय किसानले भने जोखिम मोलेर धान काटिसकेका छन् ।
स्याउ उत्पादनको राम्रो सम्भावना भएको हिमाली जिल्ला हुम्लामा पहिलो पटक स्याउको मूल्य तोकिएको छ । यसअघि दानाका हिसाबले बिक्री भई रहेको कारण सबैतिर स्याउको मूल्य निर्धारण गर्न दबाब आई रहेको बेला मूल्य तोकिएको हो ।
डडेलधुराको मणिलेक गाउँका ४८ वर्षीय लक्ष्मीप्रसाद अवस्थी गाउँघरमा पढलेख गरेको युवाका रूपमा परिचित हुनुहुन्छ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घबाट विद्यार्थी राजनीति सुरु गरेका अवस्थी नेपाल तरुण दल हुँदै कांग्रेस पार्टीको जिल्ला कार्यसमिति सदस्य, सचिव र हाल उपसभापति हुनुहुन्छ । स्थानीय तहको निर्वाचनबाट नवदुर्गा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका अवस्थी गाउँका आशालाग्दा युवानेता हुनुहुन्छ । प्रस्तुत छ, अध्यक्ष अवस्थीसँग गोरखापत्रका अमरगढी समाचारदाता पुष्कर भण्डारीले गरेको सङ्क्षिप्त कुराकानी : तपाईं निर्वाचित भइसकेपछि के के काम गर्नुभयो ?
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । केही दिनदेखि निरन्तरको वर्षासँगै पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिराले सडक अवरुद्ध बनेको हो । पहिरो झर्ने क्रम रोकिएको छैन । वर्षा नरोकिएकाले पहिरो पन्छाउने कामसमेत हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेले जानकारी दिनुभयो ।
अबिरल वर्षासँगै खसेको पहिराको कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर खण्डमा पहिराको कारण कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
बजारमा दुई साताको अवधिमा सुनको मूल्य तोलामा छ हजार चार सय रुपियाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय सुनको मूल्य घट्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत असोज २ गते प्रतितोला सुनको मूल्य एक लाख १३ हजार रुपियाँमा रहेकामा मङ्गलबार घटेर एक लाख छ हजार छ सय रुपियाँमा कारोबार भएको छ । असोज महिनादेखि स्थानीय बजारमा लगातार सुनको मूल्य घट्दै गएको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले अमेरिकी फिडरल बैङ्कले ब्याजदर बढाएपछि डलर मजबुत हुँदा सुनको मूल्य घट्दै गएको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा स्थानीय बजारमा समेत मूल्य घट्दै गएको उहाँको भनाइ छ ।
कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७ः१२ बजे अवतरण हुनै लाग्दा सो जहाजले ओभरसुट गरेको हो ।
अहिले पनि कोरोना अर्थात् कोभिड–१९ भाइरसको सङ्क्रमणबाट विश्व पूर्ण मुक्त भइसकेको छैन । चीनबाट सुरु भई विश्वव्यापी भएको कोरोना सङ्क्रमणले तीव्र रूपमा मानवको ज्यान जान थालेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले विश्वव्यापी आपत्काल घोषणा गरेको थियो । यो महामारी सन् २०२१ को जनवरीमा उच्च बिन्दुमा पुग्यो । विश्वव्यापी रूपमा केही दिनमै लाखौँको ज्यान गयो । कोभिड–१९ विरुद्ध औषधी एवं खोप विकास नभएको कारण विश्वभर ‘लकडाउन’ गरी मानव आवागमन प्रतिबन्धित गर्नु परेको थियो । यस कारण जनस्वास्थ्य र विश्व अर्थतन्त्रमै ठुलो सङ्कट पैदा भयो । त्यो अवस्थामा स्रोत र जनशक्ति सम्पन्न मुलुक, वैज्ञानिकहरू कोरोनाविरुद्धको खोप विकास गर्न अनुसन्धानमा लागिपरे र बाजी मारे अमेरिकी वैज्ञानिकले । कोरोनाविरुद्धको खोप निर्माणको पथप्रदर्शन गरेका तिनै दुई वैज्ञानिक–काटालिन कारिको र ड्र वाइस्मानलाई संयुक्त रूपमा यस वर्षको चिकित्सा