• ३१ वैशाख २०८२, बुधबार

ह्युमपाइप राखेर सवारीसाधन आउजाउ

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, असोज १७ गते । मेलम्ची बाढीले बगाएको फट्टेको मोटरेबल पुल तीन वर्ष बित्दा पनि निर्माण हुन सकेको छैन । मेलम्ची नगरपालिका–११ र ७ लाई जोड्ने पक्की पुल निर्माण नभएपछि उक्त स्थानमा ह्युमपाइप राखेर सवारीसाधन सञ्चालन गर्न थालिएको छ । 

२०७८ साल असार १ गते हेलम्बुको भेमाथाङ पहाड सोरिएर आएको भीषण मेलम्ची बाढीले उक्त स्थानमा रहेको मोटरेबल पुलसहित दुई दर्जन पक्की र झोलुङ्गे पुल बगाएको थियो । 

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पक्की पुल निर्माणका लागि सङ्घीय र प्रदेश सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयो । यहाँ पुल निर्माणका लागि प्राविधिक नापजाँच र लागत अनुमान तयार भइरहेको छ । नगरकै स्रोतबाटै बहुवर्षीय योजना अन्तर्गत २६ करोड रुपियाँमा फट्टेमा पक्की पुल निर्माण गर्न लागिएको तामाङले जानकारी दिनुभयो । पुल निर्माण नहुँदा मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी गाउँपालिकालगायतका ३० हजारभन्दा बढीले सास्ती खेपिरहनुपरेको छ ।