• १२ साउन २०८१, शनिबार

सभापति देउवाद्वारा बझाङमा भूकम्पबाट भएको क्षतिप्रति दुः ख व्यक्त

blog

फाइल तस्विर

काठमाडौँ, असोज १७ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बझाङमा मङ्गलबार गएको भूकम्पका कारण एक जनाको मृत्यु, केही बेपत्ता र दर्जनौँ व्यक्ति घाइते भएको घटनाप्रति दुः ख व्यक्त गर्नुभएको छ ।

उहाँले आज एक विज्ञप्तिमार्फत सो घटनाप्रति दुः ख व्यक्त गर्दै सम्पूर्ण पीडितहरुको संवेदनशीलताप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सहानुभूति प्रकट गर्नुभयो । सभापति देउवाले युद्धस्तरमा उद्धारको कार्य गर्न, हराएकाहरुको तत्काल खोजी, भूकम्पबाट प्रभावितलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियताका साथ लाग्न सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले स्थानीय पार्टी पङ्क्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन आग्रह गर्दै यस विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी तथा दाजुभाइमा अपिल गर्नुभयो । रासस