• ९ पुस २०८१, मङ्गलबार

सर्पले डस्दा बहिनीको मृत्यु, दिदी गम्भीर

blog

जानु पाण्डे
कपिलवस्तु, असोज १७ गते ।
कपिलवस्तुमा दिदीबहिनीलाई सर्पले डस्दा एकको मृत्यु भएको छ । बाणगङ्गा नगरपालिका– ९ भलवाडका ३ वर्षीया रीतिका क्षेत्री र ८ वर्षीया इशिका क्षेत्रीलाई मङ्गलबार राति सर्पले डसेको हो ।  घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको बुबा मोतीलाल क्षेत्रीले बताउनुभयो ।

उपचारका क्रममा रितिकाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा.नेत्रबहादुर रानाले जानकारी दिनुभयो । इशिकाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

सर्पले डसेको थाहा पाएपछि दुबैलाई बिहान ४ बजे उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेमा लगिएको थियो । अचेत अवस्थामा रहेकाले थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको सर्पदंश उपचार केन्द्रमा वातावरणीय व्यवस्थापक नवीन भण्डारीले बताउनुभयो । एक जनाको कान र अर्कोको हातमा सर्पले डसेको बताइएको छ ।