• १६ वैशाख २०८१, आइतबार

स्कुल हिँडेका दुई किशोरी सम्पर्कविहीन

blog

साङ्केतिक तस्बिर

जानु पाण्डे

कपिलवस्तु, असोज १७ गते । कपिलवस्तुमा विद्यालय जान हिँडेका दुई किशोरी तीन सातादेखि सम्पर्कविहीन भएका छन् । जिल्लाको वाणगंगा नगरपालिकाबाट १५ वर्षीया किशोरी बेपत्ता भएका हुन् । 

सम्पर्कविहीन हुनेमा वडा १ र २ का १५ वर्षीया किशोरी रहेका छन् । दुवै जना भदौ २९ शुक्रवार बिहान विद्यालय जाने भनेर हिँडेको परिवार स्रोतले बताएको छ । पढ्न गएकी छोरी घरमा नआएपछि खोजतलास सुरु गरेको एक अभिभावकले बताउनुभयो । 

दुवै जना नगरपालिकाको बाल माध्यमिक विद्यालय बैरीयामा कक्षा १० मा अध्ययनरत थिए । हराएको तीन सातासम्म पनि कतैबाट कुनै सूचना नआएको परिवार स्रोतले बताएको छ । तीमध्ये एक बालिकाले आफूले प्रयोग गर्दैआएको मोबाइल समेत लिएर गएको बताइएको छ ।  इलाका प्रहरी कार्यालय पिपराले किशोरी हराएको सन्दर्भमा हालसम्म कुनै उजुरी नआएको जनाएको छ ।