• २० असोज २०८१, आइतबार

परम्परागत सामग्रीको सङ्ग्रहालय

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २२ गते । तारकेश्वर नगरपालिका–७, फुटुङ, नमुना टोलमा विविध कलात्मक सामग्री सङ्कलन गरी सङ्ग्रहालय सञ्चालन गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि नेपाली कला÷संस्कृतिको पनि जानकारी दिने तथा ती सामग्रीको प्रवद्र्धनका लागि सो सङ्ग्रहालय सञ्चालनमा ल्याइएको हो । 

एमडीएस एन्जल्स इन्भेस्टमेन्ट प्रालिले सञ्चालन गरेको एमडीएस बहुउद्देश्यीय कृषि तथा सिकाइ केन्द्रद्वारा सञ्चालन गरेको सो सङ्ग्रहालयमा विशेष गरी काठ, फलाम तथा बाँसका चोयालगायत सामग्री प्रयोग गरी बनाइएका परम्परागत सामग्री सङ्गृहित छन् । विगतमा दैनिक रूपमा हरेक घरमा प्रयोग हुने सामग्री अहिले लोपोन्मुख अवस्थामा पुगेका छन् । 

उपयोगको हिसाबमा धेरै नटिक्ने तर माटोमै मिल्ने ती सामग्री मानव स्वास्थ्य तथा पर्यावरणका लागि निकै किफायती थिए तर त्यसको उपयोग हुन छाडेकाले पछिल्लो पुस्ताका लागि त्यस्तो सामग्री जोगाइराख्न सङ्कलन गरिएको केन्द्रले जनाएको छ । 

केन्द्रमा विभिन्न धर्मसंस्कृति, सांस्कृतिक वेशभूषा र नेपाली परम्परा तथा दैनिक जीवनमा प्रयोग गरिने थुप्रैै सामग्रीबारे जानकारी हासिल गर्न सकिनेछ भने नेपाली पहिचान झल्किने घर, साइन्स एन्ड आर्टको फ्याक्ट्री, सेल्फी स्पट, वागबगैँचाले सजिएको रमणीय वातावरण बनाइएको छ ।